~दिनेश अधिकारी~
बैँसजस्तो बादल हजुर
बादलजस्तो बैँस
आकाश छुन नसके नि
धर्ती छोड्दो रै’छ
खेलजस्तो कतै जोड्ने, कतै छोडिदिने
हिँड्दा हिँड्दै सोझो बाटो बीचमै मोडिदिने
कहाँ पर्छ रात–साँझ ? वास्तै हुन्न रै’छ
छैन पीर, छैन सुर्ता, कहाँ लाग्छ घाउ
आँखा छल्दै हिँड्नेमात्र हुँदो रै’छ दाउ
के हुने हो भोलि–पर्सि भन्ने हुन्न रै’छ