आशाको संघारमा चोटहरु भेट्दा बेहुली मनलाई सम्झाई हाँस्ने कोशिस गरें !
धोका थियो सिन्दुरको साइनो मेरो तै पनि नविन नाता गाँस्ने कोशिस गरें !
प्रेमहिन, आत्मियता हिन मुलाहिजी र मिथ्या थियो बैबाहिक सम्बन्ध,
माइती, घरको इज्जत धान्न कर्तव्यको इशारामा नाँच्ने कोशिस गरें !
शिक्षीत र सक्षम भएरै पनि दुष्ट पापी लोग्नेको डरमा कैदी बनि बस्दा,
धिक्कारें आफैलाई जो हिम्मत र सहासका खुट्टाहरु भाँच्ने कोशिस गरें !
बिना कुनै सहानुभूति निर्दयी बनि झन पागलपनको संज्ञा दियौ मात्र ,
व्यर्थै तिम्रो सहाराको आशारूपी बुंदहरु मनभरी साँच्ने कोशिस गरें !
थाह छैन समाजको नजरमा सहि गरें या गलत, स्वइच्छामा जिउँदा ?
आखिर जीत मेरै भयो , नयाँ घर संसार बसाएर बाँच्ने कोशिस गरें !
कुश्मा , पर्वत
हाल इजरयल
(स्रोत : रचनाकारको ब्लगबाट सभार)