सधै साथ कहाँ हुन्छ मान्नु पर्छ त्यो पनि
संसारको रीत यस्तै जान्नु पर्छ त्यो पनि।।
एक्लै आउने एक्लै जाने संगै कोही हुन्न रे
प्रकृतिको नियम यस्तै धान्नु पर्छ त्यो पनि।।
बाँचुन्जेल माया मोह आफन्त र पराई
सबै एकै हुँदैनन् रे छान्नु पर्छ त्यो पनि।।
फुस्किन्छ कि मायाजाल,छुटे कि त आफन्त
शाहस अनि मायाँले नै बान्नु पर्छ त्यो पनि।।
गाह्रो हुन्छ रीत मिलाई जीतको सास फेर्नलाई
कहिले काहीँ हार मानी तान्नु पर्छ त्यो पनि।।
February 25, 2011
(स्रोत : रचनाकारको ब्लगबाट सभार)