~अमर त्यागी~
# म विदेश जान तयार भएँ।आमाबुवाले बडो स्नेहभाव दर्शाउन थाले। श्रीमतीले पनि आदरआत्मीयता बर्साउन थालिन्।
# म विदेश नजाने र स्वदेशमै केही गर्ने निर्णय सुनाएँ। आमाबुवाले झर्कोफर्को गर्नथाले। श्रीमती पनि ततर्केर हिंड्नथालिन्।
# अन्त्यमा म छातीभरि भक्कानो लिएर विदेशिन लागेँ। खुशी भएर आमाबुवाले फूलमाला लगाइदिए। रमाउँदै श्रीमतीले पनि पूर्णकलश सजाइदिइन्।
# ‘आफू दु:ख,कष्ट र वेदनामा बाँचेर अरूलाई खुशी दिनसक्नुनै जीवनको सार्थकता हो।’ बल्ल मलाई बाँच्नुको यो अर्थबोध भयो।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)