गजल : विवश लाज ढाक्दो छ मेरो देश

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

दिन् दुगुना रात् चौगुना, विवश लाज ढाक्दो छ मेरो देश
विश्वास् मरेर जन् माथि, भगवान् भाक्दो छ मेरो देश
**
कलङ्क कैयन् भरेर, आमाको छाती चर्काएपछि
अचाक्ली व्याथा बोकेर, भत्भती पाक्दो छ मेरो देश
**
प्रगति सँधै रोकेर, पोख्तकै पाता फर्काएपछि
सिर्फ गुमनाम् शैलीमा, नैराश्य ढाक्दो छ मेरो देश
**
शालिन शैली तोडेर, सभ्यता स्वत: भर्काएपछि
असहज् कथा कोरेर, बर्षेनी थाक्दो छ मेरो देश
**
सँच्चाले सकस भोगेर, ओठमा आग्लो ठोकिएपछि
बदला मनमा साँधेर, मर्द हात् डाक्दो छ मेरो देश।
** **

भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.