~दिलिप योन्जन~
बहुदलको घोषणा
नव दुलही झै
ओल्लो सडक तल्लो चोक
वारीको बस्ति र पारीको छितिज
तिर मिर..तिर मिर… मान्छेको आकृति
शहिदको सालिकहरुले
एक तमास हेरी रहे.. हेरी रहे…
बहुदलिय ब्यवस्या जिन्दाबाद
सहिदको सपना साकार पार्छौ
एकै स्वरमा .. सुगा झै
कमिलाको ताती
गुड भत्काएर खेदे झै
हात भरी- भरी झन्डा
मुख भरी-भरी जिन्दाबाद..मुर्दाबाद…
चोक चर्किए.. गल्लि हल्लिए…
मिरमिरेमा मान्छे तर्सिए
डोको भरी अदुवा र खुर्सानी
तोक्मामा भारी अडाएर भरीया
चुपचाप – चुपचाप हेरिरहन्छ
जिन्दावाद र मुर्दावादको मलामी।
क्षितिज उघियो मिर-मिराउदै
कठोर रात अन्त्यको घोषणा
शहिदको सपना संकल्प
बर्षौ-बर्ष जेलका नेता
भाले झै डाकमा बस्न थाले
कोरा सपना देखाउदै जनतालाई
तछाड.. मछाड.. भाषण
बिजयमा रङिने अबिरले
मान्छे र राछेस चिनेन
त्यो भिडमा.. त्यो हुलमा…
राजनीति माथि राजनीति
गुठबन्दी, नातबाद-किर्पावाद
न गरिबी…
न शिक्षा …
न रोजगार…
खुलेआम कुर्लेकोछ
न टुपा न गाठो
बर्षौ-बर्ष भोकाएका
गिद्ध र स्याल झै।
बिधुवा ती शहिद
बालक ती शहिद
आश्वासन र भाषण
तछाड मछाड पार्टी-पार्टीको
आजा नि यस्तै छ हिजो जस्तै
राष्ट्र प्रेमी नेता
नातावाद र भ्रष्टाचार
नुनको भाउ सुन
बिरोध सडक सदन
बारुद गनाए… मान्छे हराए..
बिद्रोहमा… हतियार उठाए
कहिले सेना, पुलिस … कहिले बिद्रोही…
कहिले बिद्रोही ..कहिले सेना, पुलिस …
देशले राष्ट्र सेवक, सपुत गुमाए
दिउँसै डर.. त्रास.. भय..
शान्ति छेत्र नेपाल
कतै बम कतै गोली
रुकोछन् कराकाछन्
बुद्धको देशमा युद्ध
मानब अधिकारको ढुवाङ्
कानुनका ठुला- ठुला ठेली
देशमा रगतको होली
भाईले दाजु .. दाजुले भाइ…
बहिनीले दिदी…दिदीले बहिनी…
कतिन्जेल…? कहिलेसम्म…?
दिलिप योन्जन
अस्टिन, अमेरिक
(स्रोत : ईलम्जुङ् डट काम)