संस्मरण : जीवनका प्रभाती किरण

~मदनमणि दीक्षित~madan-mani-dixit_large_1979bs

बिहान साढे ४ बजेको होला, झिसमिसेमै अकस्मात् सुन्धाराको धरहराबाट विगुल बज्यो । विगुलको आवाज दुःखद थियो । युगान्त भएको राष्ट्रिय सूचना जस्तोले घडीको क्वाटर हान्दाखेरीको ट्याङ्ग टिङ्ग-टिङ्ग ट्याङ्गसागै सबै हामी ब्युझियौा ।

“लौ बित्यास बन्यो राति एघार बजेदेखि १ बजेसम्म कुरुवा बस्दा हिजै भाइ सिद्धिमणिले आशा छोडिसकेका थिए । गाथका साहस र मुटु गल्दै गएका थिए लौ झट्टै लुगा झिकी दे जानैपर्छ यस्तो बेला । हर्केलाई उठाएर घोडा कसिहाल्न भन् म आइहालेा” बेड स्वीच थिचेर बत्ती बाल्दै मेरा पिताले मेरी आमालाई अह्राउनुभयो । घडीको भित्ता भने स्प्रेहाहीन, कामनाहीन, टिक-ट्याक टिक-ट्याक गरिरहृयो ।

कोठामा बत्ती बल्यो । छेउको बिछ्यौनामा ठूलो सिरक ओढेर सुतिरहेका म र मेरी माइली दिदी अनायास ब्युाझिसकेका थियौा । आˆना मातापितामा त्रासपूर्ण हडबडी देखेर हामीहरू डरायौा । सिरक बाहिर निस्केर हामी दुवै जना वाल्ल पर्‍यौा । आमाले दराजबाट पिताका पोसाक झिकेर मेचमा राखिरहनुभएको थियो । घडीले साढे ४ बजेको घण्टी हान्यो । ची गर्दै घडीको सुई अघि बढ्यो । त्यो घडी उसलाई साह्रै मन पथ्र्यो । प्रत्येक पन्ध्र मिनेटमा त्यो घडी बज्दा उसका ध्यानस्थ आाखा घडी हेरिरहन्थे ।

त्यो बिहान म मदनमणिलाई पनि नरमाइलो लाग्यो । के भयो होला ? उसले केही महिना पहिले नवरात्रमा बडामहारानीले पञ्चकन्याको -उसकी दिदीहरू) को पूजा गर्दा गणेश भएर उसले पनि पूजामा जानु परेको थियो । त्यसबेला मेलवा नानी सितारमा गीत गाइरहेकी थिइन् । मान्छेको पिठ्यूामा कसिएको काठीमा चढेर चन्द्रशमशेर आई तिनले पनि पञ्चकन्या पूजा गरेका थिए र यो केटो चाहिा को हो नि भनी बडामहारानीसित सोधेको ऊ सधैा सम्भिmने गथ्र्यो, अहिले पनि सम्भिmयो ।

सयस हर्कबहादुरले पनि विगुल सुनेको रहेछ । त्यस्तो एकोहोरो विगुल सुनेपछि उसको पनि सहज ज्ञान प्रस्फुटित भएछ । मदनको पिताको त्यो हााडिगाउाको सानो घर र त्यस्तै सानो परिवारमा दुई सातादेखि उकुसमुकुस चलिरहेकै थियो । यस्तो बेला आफूले घोडा कस्नैपर्छ, मालिकले सिंहदरबार जानैपर्छ भन्ने लागि जिइनकाठी बोकेर अर्को घरको छिाडीको तवेलामा घोडा छेउ जाादै थियो । मदनका पिता त्यहीा पुगे ।

पहिले नै हर्केले घोडा कस्न लागेको देखेर मदन-पिताको मुटु हलुको भयो । आफूले कसैबाट त्यस्तो मौकामा मार्मिक सहायता पाएको तिनलाई अनुभव भयो । नोकर र सयस भन्दैमा हुन्छ र मानिस भनेको यस्तै हुनुपर्छ-आइपरेको पीडालाई बुझिदिने र आफूले पनि बााडेर लिइदिने साथी जस्तै हुनुपर्छ, हेर त्यो तामाङ कस्तो शुद्ध, कस्तो सोझो र बुद्धिमान छ भन्ने विचार गर त भनी पत्नीलाई तिनले भनेको मदनले सुन्यो तर तिनले पहिले नै “ए ता पनि उठिसकिस हर्के, विगुलले तालाई पनि ब्यूाझायो । त्यहीा हो सिंहदरबार कुद्नै पर्‍यो । छिट्टै घोडा कस है” भन्दै मदनका पिता कोठामा फर्किएर लुगा लगाउन थाले ।

“जुत्ता र टोपी त कपडाकै झिकिदिएकी छु, यस्तो बेला छाला किन पहिरिनु” भन्दै मदन माताले १५ हात लामो मलमली पटुका कम्मरमा बेर्न लक्ष्मणमणिलाई सघाइन् ।

“हो त नि, ठीक भन्यौ” भन्दै तल तबेला अगाडिको चौरमा गएर एकै फड्कोमा लक्ष्मणमणि घोडामा बसे र ए हर्के Û कुद्दै आएर ढोकामा सिपाहीलाई सोध्नु र घोडालाई घर ल्याउनु” भनी हर्के उसलाई अह्राएर, लगाम छोडेर दुवैपट्ट िएडी लगाउनु के थियो घोडाले सिंहदरबारतिर हााडीगाउाबाट हावासित कुरा गर्न थाल्यो ।

“महाराजको स्वर्गे भएजस्तो छ हामीले पनि सोच….स्नान गर्नुपर्छ र तीन दिन नून बार्नु पर्ला … ” मदन माता विष्णुकुमारीले सुत्न जाउा भन्दै स्नान गर्न मालतीलाई अह्राइन् र तल पञ्च धारातिर लागिन् ।

घडीले तीन चौथाइको घण्टी बजायो ।

कास्की लमजुङका महाराज र नेपालका प्रधानमन्त्री ओहोदाका ३ चाादको लामो सिउरदार जडाउ र मूल्यवान् शिर र पोस जहानियाा शासनको श्री ३ को पहिचान थियो । चन्द्रशमशेरले त्यो पहिचानलाई आˆनै किसिमले नेपालका प्रारम्भिक विकास कार्य-चन्द्रज्योति, सुन्दरीजल पानी, फर्पिङको पावर हाउस, थानकोटदेखि भीमफेदीसम्मका फलामे पुल, भीमफेदीबाट अमलेखगञ्जसम्म सडक र एन्जी रेल्वे, त्रि-चन्द्र कलेज इत्यादि रूपका प्रारम्भिक विकास मार्ग सुरु गरेका थिए । तिनको निधन भयो । तिनको निधनमा काठमाडौाको काशीनाथ आचार्य दीक्षित र उहााका सन्तानको पीर र पीडा अत्यन्त बढ्न गएका थिए ।

तर मलाई भने त्यसबेला समाज र राजनीतिका ती विशाल प्रपञ्चबारे केही थाहा थिएन । छ वर्ष पूरा गर्नेतर्फ नै म हिाडिरहेको थिएा । मेरी दिदी विमलाले पनि बुझ्ने केही कुरो थिएन । विमलाभन्दा दुई वर्ष जेठी ११ वर्ष लागेकी मेरी जेठी दिदी देवकुसुम त्यसबेला हााडीगाउाको घरमा थिइनन् । १० महिना पहिले माघमै विवाह भएर आˆनो घरमा आˆनी सासूको सेवा गरिरहेकी थिइन् ।

चन्द्रशमशेरको भव्य शवयात्रा चल्यो होला । तिनका आठ छोराले अर्थीलाई कााधसम्म दिए । तिनका पछिपछि काशीनाथ र छोराहरू अनि जेठा नाति केदारमणि आासु बगाउादै मौन हिाडिरहे । आर्यघाटमा ब्रहृमनालमा अर्थीलाई राखियो । शवयात्राको सुरुमा सम्मिलित हुन नसकेकाहरू नयाा श्री ३ हुन पुगेका भीमशमशेरलाई दाम राखेर आर्यघाट आए । शवयात्रामा हिाडेकाहरूमध्ये कैयौा नयाा श्री ३ मा दाम राख्न लुसुक्क हिाडे । दागबत्ती दिादा सैनिक टुकडीले अन्तिम बिदाइको विगुल र बन्दुकसलामी अर्पण गरेपछि दाम नराखेकाहरू नयाा श्री ३ मा आˆना नयाा भक्ति अर्पित गर्न टङ्गाल दरबारतिर कुदे । भीमशमशेरको दरबारमा त्यो दिन दाम राख्न जानेहरूमा काशीनाथ आचार्य र तिनका छोराहरू सबैभन्दा पछिल्ला भए । “ए ज्युादा देवताको भक्ति छोडेर शवका पुजारी भएका यी मणिहरूले अब थाहा पाउनेछन्, हेर्दै जाओ ए धनराज चिलिम भरी सकिस ? ले त यता” भन्दै गााजाको चिलिम तान्दा आˆना लामा दारी र जुागालाई चिलिमका लप्काले समात्न नपाउन् भन्ने विचार गर्दै श्री ३ भीमले दुवै हातले आˆनो दाह्री जुागा मुसारे ।

आफूलाई बुझ्न मदनले चन्द्रशमशेरको अवसानभन्दा केही वर्ष पहिलेतिरका घटनालाई सम्भिmनुपर्छ ।

सन् १९२८ मा काशीनाथ आचार्यले छोराहरूबीच अंशबण्डा गरेका थिए । चल सम्पत्तिमध्ये काशीनाथ पत्नी ललितादेवी दीक्षितले ल्याउन सकिने जति ल्याएर दुई नाले कोठामा डंगुर लगाइ सबै बुहारीको राजीखुसी अनुसार आठ भाग लगाउने काम गरेपछि कुन भाग कसको पर्न जान्छ भन्ने बुझ्न कागजको गोला हालियो । ती आठ डङ्गुरमध्ये पााच वर्षे मदनलाई मकलमा पानी हालेर पसेपछि आगो फुक्ने चरो साह्रै मन परेको थियो । त्यो भाग उसकी आमाले पाइन् पनि । चल सम्पत्ति भाग लगाएपछि अचल सम्पत्तिका भागका कागज लेखियो । मदन हेरिरहृयो, ठूलाबडाहरू तीन जना साक्षी बसेका थिए । अंशियारहरूले कागजमा आˆनो नाम लेखेर दस्तखत गरेनन् । नाउा लेखेको छेउमा एक अर्कोलाई काट्ने २ धर्सा कोरिदिए, त्यतिले पुग्यो । मदनका पिताले पैत्रिक घरमा पाएको अंशलाई नै हजारमा बेचेर हााडी गाउामा घर खेत किने । बागमती छेउको रामखेत र गोकर्णको जङ्गल मदनका पिता र भरतमणिको भागमा पर्‍यो । बारा जिल्लामा पनि त्यस्तै भयो । सिरहाको वाखरमा लक्ष्मणमणि दीक्षित र हरमणि दीक्षितबीच पचास र पचपन्न बिघाहाहरू परे ।

त्यो अंशवण्डा हुादा अर्थात् केही महिना पहिले वा पछि काशीनाथ दीक्षितका कान्छा छोरा देवमणि दीक्षितको दोस्रो विवाह गरियो । जेठी बुहारी दुब्ली, ख्याउटे अनि विवाहको ३ वर्षपछि पनि सन्तान जन्माउन नसकेकी भन्ने आधारमा देवमणीको दोस्रो विवाह भएको थियो । त्यति मात्र होइन नयाा बुहारीको माइती साह्रै धनी, छोरीले सुनको कल्ली पहिरिन पाउने श्री ३ बाट प्रमाङ्गी पाएकी अनि वीरशमशेरका १७ भाई छोराकी एउटी बुहारी … रानी साहेबले कन्यादान गरिने भएकी त्यस्ती केटीलाई छोड्न नहुनेहुादा कान्छा छोराको दोस्रो बिहे नगरी नहुने भएको थियो ।

काशीनाथ दीक्षित अर्थात् माहिला पण्डितको कान्छो छोरोको त्यत्रो महìवपूर्ण दोस्रो विवाहमा “नेपालमा बोल्ने पशुपतिनाथ श्री ३ महाराज, महाप्रभु चन्द्रशमशेर”को सवारी नहुने कल्पनासम्म गर्न नसकिने भएको हुादा जन्ती अन्माउने बेला तिनी आउने भएका थिए । निम्ता स्वीकृत भएको थियो । त्यसकारण सात दिनभित्रै घरको पश्चिमोत्तर कुना भत्काएर नयाा ठूलो भर्‍याङ हाली त्यस्तै ठूलो बैठक कोठा तयार पारिएको थियो जसको चारै भित्तामा देवी-देवता र गाई तथा चरा-चुरुङ्गीका अति भव्य रङ्गीन चित्राङ्कन गरिएका थिए । श्री ३ को विशेष प्रमाङ्गीबाट त्यो विवाहमा “बाच्छै बाजा” -वादशाही बाजा अर्थात् ब्याण्ड) र झल्लरी छाता साथ निस्किएको आˆनो कान्छा काकाको जन्तीमा सबैभन्दा सानो र कान्छो जन्ती पनि मदन नै थियो । काठमाडौाको गैह्रीधाराबाट ठमेलसम्म गएको त्यो जन्ती भोज सकिएपछि, जन्ती गएकाहरूले रातमा त्यहीा सुत्नुपर्ने हुादा प्रबन्ध पनि राम्रै गरिएको थियो । मदनलाई उसको बूढो मावली खलकका सीताराम ढुङ्गानाले आफूसागै सुन्त लगे । जन्ती सुतेको त्यो ठूलो दुई नाले कोठामा जन्तीसागै कलश लिएर गएकी “कलश्यौली” र बीस जना जन्तीबीच पााच जना तरुनी ‘मड्यौली’ पनि थिए । त्यो कोठामा जे भए सबै सिरकभित्र भए । बीस जना बीच चारवटी ‘मड्यौली’ का साटासाट भए । तिनका खुला र उत्तेजित वार्तालाप मदन अझै सम्झन्छ ।

(स्रोत : मधुपर्क)

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.