~भोला सिवाकोटी ‘पुरानाघरे’~
चुक पोखिए झैं अध्यारोमा
चुनौतिका बाटाहरुमा सम्भावनाहरु ओछ्याएर
पाइलाहरुसगै साधना र अभ्यासहरु उचालेर
अगाडि आखा सामुन्ने
औसीका शीतयुक्त कालारात्रिहरुमा
झलझलाकार पूर्णीमा देखेरै
साझपख उभिन्छन् पहाडसगै प्रतिभाहरु
उदाउछन् सूर्य बनेर औसीलाई
मध्य औसीमा उभिन्छन् सूर्य बनेर
जसरी तिमी उभियौ
तिमी त्यहासम्म उभिनु थियो, उभियौ
तिमी उभिए पछि देश उभियो
तिमीसँगै विश्वको नेपालीत्व उभियो
तिमीसँगै थियो दार्जेलिङ्गको चौरस्ता
तिमीसँगै सगरमाथा हासिरहेको थियो
लोपग्रस्त वर्तमान पूर्वतिर
तिम्रा पाइलाहरु ट्वाल्ल हेरिरहेको थियो
अड्कलबाजी, चुनौति र संभावनाहरु चिर्दै
तिमी उभिनुसम्म उभियौ
कहिल्यै नढल्ने गरी उभियौ
टिष्टाको समाधिबाट उठेका वादलहरुसगै
उचालिएर तिमी नाइटिंगलसम्म पुग्यौ
तिमी यतिसम्म उचालियौ कि
मनहरुदेखि मनहरुसम्म
कुहिरोदेखि घामसम्म
सम्भावनादेखि सफलतासम्म
तिम्रा अघाडिपछाडि अनगिन्ति शिशिफस्हरु
सफलता अचेटेर ढुंगो घचेटिरहे पहाडसगै
तिम्रो उचाइ नगिचै बकुल्लाका आखाहरु
संकीर्णताका झ्यालहरुबाट
अस्तित्व हेरिरहेका थिए नै
प्रतिस्पर्दाको दुनियामा तिमी
सतहदेखि धेरै–धेरै तलसम्म
उचाइदेखि कति हो कति माथिसम्म
अनन्ततादेखि अनन्त–अनन्त हरायौ
यति हरायौ कि दुनियामा
जब भेटिदा कलाको फूलदानीमा
कहिल्यै नहराउने गरी हरायौ
तिमी पहाड भन्दा माथि
उचलिएर पो उभियौ
मध्यान्नको साङ्गीतिक घाम तिमी
जसले दार्जेलिङ्गको आकाशमा
कहिल्यै वादल लाग्न दिने छैन
तिमी बासको तामा हौ
जसले सफलताको चुचुरोबाट
नुहिएर कहिल्यै पृथ्वी हेर्दैन
सिङ्गो देश भारतका खातिर
विश्वका नेपालीहरुका खातिर
सम्पूर्ण कलाकार जगतका खातिर
तिमी र तिम्रो अस्तित्वका खातिर
तिम्रो जीत सदासदाका लागि हो
दार्जेलिङ्गको उचाइका लागि हो
जातिया स्वभिमानका लागि हो
सिङ्गो भारतको प्रतिष्ठाका लागि हो
पूर्ण परिपक्व कलाकारिताका लागि
जीत बनेर उभिन सक्यौ
तिमी धन्य छौ, तिमी धन्य हौ
एक्लै भोकाउथ्यौ विगतबाट वर्तमानसम्म
रित्तिन्थ्यौ एक्लै–एक्लै अतीतसगै
तिमीलाई बाटोले चिनेन
जातिले चिनेन, माटोले चिनेन
साच्चै कसैले पनि चिनेन तिमीलाई
परिवारभित्रै हराएर कतै
पहिचान खोज्दै एक्लै–एक्लै
सोनीसगै घना जङ्गल छिचोलेर
जब तिमी भरिएर–अघाएर उभियौ
परिवेश जसले चिनेन, सँगै उभियो
जाति जो शीरमा तिमी हौ, सँगै उभियो
औसीका अध्यारा कन्पाराहरुमा
घामको उज्यालो वर्षाएर
गोर्खालीहुनुको सार्थकता
अगाडि पाइलाहरुद हराएपछि
सफलताको समाधि टेकेर प्रतिभाले
तिमी प्रशान्त जत्तिकै शान्त उभियौ
तिमी धन्य छौ, धन्य हौ
मेरो देशको साझा अस्तित्वको बगैंचामा
एउटा पूर्ण साङ्गीतिक स्वर्ग छ
स्वर्णिमता ओछ्याएर गाधिमा
म तिमीलाई पर्खिरहेछु राजा ।।
चिराङ भूटान
हाल कोलोराडो अमेरिका
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)