~चन्द्रबहादुर घर्तीमगर~
लाग्छ अचम्म मलाई
तिमीले जब यो भुल्दछौ
म पनि त यही जन्मेको हुँ
तिमी जहाँ जन्मेका छौं
यो धर्तीलाई माया गर्दछु
जहाँ बाँझा चरहरु छन्
तिमी भन्छौ म भागिरहेछु
तर भन्दछु म लडिरहेछु
हेर
ती काला बादलहरुसँग लडेर
सिमसिम पानीसँगै लडीबुडी खेलेर
ती चम्किला ताराहरु टिपेर
फेरि फर्केर आउनेछु
आकाशलाई छेडेर धर्ती फेर्नेगरी
स्वर्णीम समाज निर्माण गर्ने
मेघ गर्जन सहित गगनभेदी नाराका साथ
विजयको संखघोष गर्दै
उदाउँदो विहानीमा
म अवश्य आउनेछु
–बाग्लुङ
(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक २० – March 21, 2012 – २०६८ चैत्र ८ गते, बुधबार)