~चन्द्रिका तामाङ~
हिमालभन्दा अटल लाग्छ आफ्नै मातभूमि
प्राणभन्दा प्यारो लाग्छ आफ्नै मातृभूमि
एउटै छानामुनि मिली बस्छौँ सबै नेपाली
बन्दैन नयाँ नेपाल नमिली मधेसी पहाडी हिमाली
बसन्त ऋतुको आगमनले छाएको छ हरियाली
एक नेपाल हेर्न पाउँदा मनै छ खुसीयाली
के गर्नु यहाँ देश टुक्राउने भन्दैछन्
सिङ्गो नेपाल मन परेन रे खन्डखन्ड पार्ने भन्दैछन्
मै उठ्छु तपाई उठ्नुहोस् हामी सबै उठौँ
एक नेपाल बनाउन हामी सबै जुटौँ
हरियाली उमङ्ग छाएको छ ती छहराहरूमा
मेहनत गरी अघि बढ्छौँ आगामी दिनहरूमा
बारम्बार फर्केर हेर्छु आफ्नै मातभूमि
हजारौँले पुष्पगुच्छा अर्पिउँ आफ्नै छन् मातभूमि
चाहे ज्यान दिनु परोस् ज्यान छ है हाजिर
सिङ्गो नेपाल बनाई देश सिंगार्नका खातिर
सगरमाथा भन्छ सधै सबै मिली अघि बढौँ
चेतनाको दियो बाली प्रगतिपथमा अघि बढौँ
ताप्लेजुङ, हाल धरान
(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक १७ – Feb. 29, 2012 – २०६८ फागुन १७ गते, बुधबार)