~रुमन न्यौपाने ‘अमन्त’~
झिँगटि घरको दलान छेउ
उम्रेको एक थान प्रेम माथि
मैले कबिता लेख्नै पर्छ ।
कुम्खा भित्र लुकेको माया
हार्दिकता ताप्न निस्कदाँ
हो, त्यति खेरै हो
मैले उनलाई प्रेम गरेको ।
अब,
प्रेमको अनुलेख गर्नु पर्दा
म केहि शब्दहरु उधार लिन्छु ।
मेरी प्रेमिकालाई
फिट हुने केहि शब्दहरु
कुयेँत्रोले नबजायको उनको प्रेमानाद
मलाई सुन्न जाँगर चल्छ
म घन्टौं सक्छु, बर्षौं सुँन्छु ।
मेरो अकिञ्चन मस्तुल
मगन उनितीर ढलिदिन्छ
यो प्रेमको अभिब्यञ्न हो ।
हो त,
यो प्रेम गर्ने शिल्पकला
मैले उनैबाट सिकेको हुँ ।
मेरै अनुरोधमा
मेरी प्रियसीले
उसको मञ्जुसा खोलेकी थिई
त्यसमा के थिएन?
मनोबाद र मनोकामना
मदन अनि मनोज आबृति
ओहरदोहर गर्ने उनको प्रेम
म त हैरान छु
मेरी प्रेमिकाको कौशल देखेर
उनि थाक्दिनन् रे
मलाई प्रेम गरेर ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)