~योगेन्द्र काउछा~
रगत चुसाहा
असल सिकारी
सिजन चिन्दछ
सिजनमा
जीवनको आहरा खोज्दै
कहिले तल झर्छ
कहिले उकालो चढ्छ
कोही
मधेसमा फल्छ
कोही हिमालमा चल्छ
कोही पहाडमा चढ्छ
मधेसमा छैन
कोही भन्न सक्छ
कोही मुर्ख बन्न सक्छ ?
स्वघोषित अन्धो बन्न सक्छ ?
त्यसलाई उत्तर एउटै छ
आफ्नो न्वारन आपैm गर्छ
होइन
तल पनि छ
माथि पनि छ
जहँँ तही छ
उही जुका
जुका
सानो भएर के ?
ठुलो भएर के ?
कालो हुन्छ,
सेतो हुँदैन
शिकार त एउटै गर्छ
स्वाद पनि त लिने गर्छ
उ त
सवैको दुस्मन हो
परजिवी हो
चुसाहा हो
उसले
बाहुन भन्छ र ?
मगर भन्छ र ?
गरीव गन्छ र ?
मधिसे भन्छ र ?
त्यसैले
जुका, जुका नै हो
सवैको शत्रु हो
रगतको भिखारी हो
उसलाई चिन्नुपर्छ
ढुंगाले थिच्नु पर्छ
फलामले किच्नुपर्छ
जुका , जुका हो
उसलाई गाल्नुपर्छ
आगोमा हाल्नुपर्छ
किनकी
जुका, जुका नै हा
– गुल्मी
(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक १३ – Feb. 1, 2012 – २०६८ माघ १८ गते, बुधबार)