~अनिल नेम्बाङ~
टेकेर बक्षमा
दुई पहाडको
फक्रक्क फुलेको
उ त्यो इन्द्रेणी
देख्छु जहाँ
प्रतिजिन्दगी
वृतांशमा जिन्दगी।
छुट्याँउछु रङँहरु केस्रा केस्रा
झट्ट हेर्छु
मात्र रंग देख्छु
रातो, ( नारंगी, पहेंलो, हरियो, निलो, इन्डिगो), बैजनी क्रमश: ।
हेर्छु नियालेर
पाउँछु
निर्भिकता, भौतिकवादि र आदर्श रातो
अनि आध्यात्मिकता र रयल्टि बैजनी भित्र
सुन्तोली संकेत
खुशिको, सृजनाको, उत्साहको, सफलताको, हौसलाको, दृढताको, +
पाउँछु त्यसैमा तुच्छता पनि ।
पहेँलो सुर्योदय
प्रसन्नताको, बौद्दिकताको, शक्तिको, +
पाउँछु त्यसैमा कायरता र उदासीनता पनि ।
हरियो प्रकृति
माधुर्यताको, विकासको, ताजगीको, उर्बरताको, अनन्तताको, +
पाउँछु त्यसैमा मात्सर्यता पनि ।
निलो गहिराइ र स्थिरता
भरोसाको,निष्ठाको, सत्यताको, स्वर्गको,+
पाउँछु त्यसैमा सन्दिग्धता पनि ।
अनि सामुन्दृक गाढा निलो
भिज्ञताको,सत्यनिष्ठताको, ऐक्यवद्दताको, गम्भिरताको, +
पाउँछु त्यसैमा अहंकार पनि । ।
हटाउँछु सबै रंगहरु
भर्चुवल क्यान्भासबाट
देख्छु कालो रहस्यवाद
शक्तिको, औपचारिकताको, शिष्टताको, +
पाउँछु त्यसैमा मृत्यु र दुष्टता पनि ।
फेरि
घोल्छु एकै अनुपातमा
चोक्टाहरु प्रत्येक रंगका
देख्छु
सेतो कुमारित्व
दयालुताको, निर्मलताको, शुद्दताको, निपुणताको, + । ।
छन् रे असंख्य अदृश्य रंगहरु
उ त्यो इन्द्रेणीमा
जिन्दगिका
अनगिन्ति भोगाईहरु जस्तै।
त्यहि भएर त भन्छु
इन्द्रेणी बराबर जिन्दगी
बस फरक यति छ
बन्छ इन्द्रेणी
बिच्छेदित भएर सादा रंग
पानिको फहराले।
बन्छ जिन्दगी
बिच्छेदित भएर सादा बालापन
समयको फहराले।
त्यहि भएर त देख्छु म चाहिँ
अरुले देख्ने गरेको सप्तरंगी इन्द्रेणी
कहिले हाँसेको, कहिले रोएको, गाढा भएको, फिक्का भएको, +।।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)