लघुकथा : झोला हरायो

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

काठमाडौंबाट ओखलढुंगाको रुम्जाटारमा हुने साहित्यिक कार्यक्रममा सहभागी हुन ओखलढुंगा जाने बस चाबहिलचोकबाट चढ्यौ । बसले सिन्धुलीको रातमाटेमा पुगेर खाना खान रोक्यो । बसले खाना खान रोक्दा एकजना साहित्यकार दाजुको झोला नै देखिएन । झोला नै हरायो । झोला हरायो भन्ने थाहा पाएपछि त्यो साहित्यकार दाजुसंग झोलाभित्र के के थियो मैले भने । झोलाभित्र मैले निकालेको उपन्यास तीस प्रति, मेरो र्सट पायन्ट र एउटा इमर्जेन्सी लार्इट थियो उहाँले भन्नुभयो ।

दाइको झोला चोरेर लैजानेले उपन्यास के पढ्ला र दाइ मैले अँध्यारो अनुहार लगाउदै भने । मेरो र्सट पायन्ट र इमर्जेन्सी लार्इट भन्दा पनि उपन्यास ओखलढुंगामा बाडेर दिउला भनेर झोलाभित्र हालेको हु बाड्न पाइन यसैमा मलाई ठूलो चिन्ता लाग्यो झोला हराउने दाजुले भन्नुभयो । अर्को साथीले दाइको उपन्यास झोला चोर्नेले सुनकोशी नदीमा बगाइदियो होला भने ।

– सामाखुसी मार्ग, ९३५/५४,
काठमाडौं (नेपाल)

(स्रोत : ल्लव साहित्य प्रतिष्ठान )

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.