~राम श्रेष्ठ~
मनको फूलबारीलाई बाँजो पारी
पिरतिको फूल अन्तै किन सार्नु भाको!
कोपिला र बेर्ना पनि अरुलाई नै सुम्पी,
फुलिसकेको फूल पनि किन झार्नु भाको!
मायाको बिशाल तलाउ मनमा हुँदा पनि,
भित्रै दबाई त्यसलाई किन मार्नु भाको!
पिरतिको लडाईंमा आँफैलाई पछारेर,
जितिकन पनि फेरि किन हार्नु भाको!
आफ्नो भागको खुशीहरु आफैले नै कुल्ची,
अफ्ठेरो र रोदनमा जीबन किन पार्नु भाको!
(स्रोत : रचनाकारको ब्लगबाट सभार)