~जयन्ती ‘स्पन्दन’~
हत्केलाभरिका रेखामा
भविष्य खोज्दै
जटिल परिस्थितिले जन्माएको
कुन्ठित मनस्थितिग्रस्थ मान्छे
आजै सृस्टि सब पखाल्ने धुनमा
पशुपति धाईरहेछ,धर्मको बुई चढेर।
नजिकै किनारैकिनार बग्ने बाग्मती
त्यही मान्छेको कुरूप मानसिकतामा
थिचिएर,मिचिएर दुखिरहिछिन
असह्य वेदनामा मौन बिरोध जनाएर।
मुखम राम-राम बगलीमा छुरा
बाहिर कोलाहल,हाहाकार र चीत्कारको
बिस्फोट गरेर
पशुपति-प्राङगणमा जोडले भट्याइरहेछ मान्छे
बुख्याचा सभ्यता भित्र बन्दीगृहमा झै
आस्थाका धरोहर कक्रक्क परिरहेछन
वाग्मती शिथिल बग्दैछिन
दुखेको मन,पिरोलिएको हृदय
खन्डित भइरहेछ ,वाग्मती र पशुपतिमा अनेक खन्ड भएर ।
बेसुर मान्छे
अझैपनि आडम्बरको खोलभित्र रूमलिएर
बुझ्न सकिरहेको छैन
पशुपति एक अनुपम कला हुन्
बाग्मती भूत,वर्तमान र भबिस्यकी जननी हुन्
मान्छे आदि,मध्य र अन्त्यका
कर्मयोगी उपासक हुन् भनेर।
(स्रोत : Nepalpati.com)