~कृष्ण पौड्याल~
मुटुमा बास छ।
मिलनको आस छ॥
धोका दिन्नौ पक्कै।
पुर्ण विश्वास छ॥
मृत्यु समिप खेलमा छु।
बर्षातको भेलमा छु॥
नबोलाऊ अंगालोमा॥
बे कसुर जेलमा छु॥
बिना तेलको बाती रहेछ।
औँशिको कालो राती रहेछ॥
जिवन साथी बनाएथें।
प्रेमको प्राण घाती रहेछ॥
चोखो प्रेममा घात भएपछी।
सुर्य नअस्ताई रात भएपछी॥
सम्बन्ध बिच्छेद गर्नु पर्यो आज।
सम्झौतामा हातपात भएपछी॥
सम्हाल्न सकिन रोएको छु।
मुहार आँशुले धोएको छु॥
क्रोधले नहेर प्रिय बिन्ती।
तस्विर मात्रै त छोएको छु॥
बाध्यतामा कदम चाल्नु पर्दैन।
ब्यर्थै सरिर आफ्नो गाल्नु पर्दैन॥
सक्छौ भने साथ दु:खमा देऊ।
चन्द्रमा सामु दियो बाल्नु पर्दैन॥
भोकले निस्तो भात भन्दैन।
निद्राले मसान घाट भन्दैन॥
साथ मिल्यो भनी नहत्तारिनु।
बलेर दियोले रात भन्दैन॥
संसारको रिती यस्तै रहेछ।
यहाँको प्रकृती यस्तै रहेछ॥
दोषी छुट निर्दोष जेल भित्र।
उन्को त्यो समिती यस्तै रहेछ॥
उफ आँशु देख्दा थाकिसकें।
बाध्यतामै देवी भाकिसकें॥
तिम्रै लागी मर्छु भन्छिन।
झुठो कसमले पाकिसकें॥
संगितलाई धुन चाहिन्छ।
तरकारिमा नुन चाहिन्छ॥
निश्चल प्रेम सफल पार्न।
बाचाले हुन्न गुन चाहिन्छ॥
ब्यर्थै गल्ली धाउनु पर्दैन।
झुठो प्रेम लाउनु पर्दैन॥
यौवनको प्यास मेट्न मात्रै।
मेरो समिप आउनु पर्दैन॥
प्यासि छु तिमी मुल बन भन्छौ।
जंघार तर्ने पुल बन भन्छौ॥
मुर्झिएको कोपिला छैन सुवाश।
किन मलाई फुल बन भन्छौ॥
सुगन्धित फुल तिमी हौ।
प्यासिलाई मुल तिमी हौ॥
छैन गन्तव्य तिमी बाहेक।
जंघार तर्ने पुल तिमी हौ॥
राफ समान तातिनु हुन्न।
वैशले धेरै मातिनु हुन्न॥
हुन्छ समाधान समस्याको॥
विवाह गर्न आतिनु हुन्न॥
एउटा यस्तो गाँऊ खोजेको छु।
एकान्त शुन्य ठाँऊ खोजेको छु॥
बेसहारा भए भिडमा पनी।
भाग्न यहाँ बाट दाऊ खोजेको छु॥
रुदैं समिप आएर के भो।
झुठो कसम खाएर के भो॥
हुनु आखिर बिछोड रैछ।
अनेकौ गल्ली धाएर के भो॥
तिम्रा लागी तनाब भएछु।
आज नसालु सराब भएछु॥
थिए दु:ख सुखको सहारा।
सोच्दैछु कसरी खराब भएछु॥
कल्पनाको सिमित हुन्छ र।
मृत्यु आत्मा जिवित हुन्छ र॥
भनिदेउन ओ प्रेमको गुरु।
मायाको बिष अमृत हुन्छ र॥
कृष्ण पौड्याल
बम्घा एक गुल्मी
(स्रोत : रचनाकारको ब्लगबाट सभार)