~नविन आचार्य ‘लेटांगे’~
विष छरेर गयौ तिमी , फुल्न कहाँ सके मैले
अन्धकारमा डुब्यो जीवन,खुल्न कहाँ सके मैले
बिर्सन्छुकी भनी तिम्लाई,गजल लेख्न सुरु गरे
बहर भरी छा’यौ तिमी , भुल्न कहाँ सके मैले
धड्कन भित्र छापीएको, मायालुको नाम मेटी
तिम्ले जस्तै दिलमा पराई, हुल्न कहाँ सके मैले
क्षितिज भरी देख्छु तिम्लाई, सपना नी तिम्रै मात्र
अतित भुली निष्फीक्रि साथ,डुल्न कहाँ सके मैले
आए पनी जीन्दगी मा , वसन्तका ‘नविन’ लहर
सम्झनालाई त्यागी उस्मै, घुल्न कहाँ सके मैले
-लेटांग ४ मोरंग
हाल रावागं मलेशिया
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)