~तारा लामगादे~
सम्मान अब पाउनै पर्छ
सम्मान अब पाउनु पर्छ औजार बनाउने दाइले
उचित ज्याला पाउनु पर्छ भरिया मेरो भाईले
जात र पात भेद्भावले नेपालीको मान छैन
अझैपनि गरिबलाई दुई छाक खान छैन
गरिबको रगत पिउने सामन्तहरू टुट्दैछन्
जनतालाई मुक्ति दिलाउन वीरयोद्धाहरू जुट्दैछन्
सम्मान अब पाउनुपर्छ औजार बनाउने दाइले
उचित ज्याला पाउनुपर्छ भरिया मेरो भाईले
उजाडछन् आज वस्तीहरू दुश्मनको वम पड्किएर
आपत्ति छैन हामीलाई कुनै सामन्ती दरवार भत्किएर
मुक्ति त त्यहाँ पाइन्छ विद्रोही वाटो खोजेर
गरिबको राज्य ल्याउनुपर्छ शासकको जन्जिर तोडेर
सम्मान अब पाउनु पर्छ औजार बनाउने दाइले
उचित ज्याला पाउनुपर्छ भरिया मेरो भाईले
जनताको घरदैलोमा शहिदको रगतले पोतेर
हुँदैन मुक्ति भू–पतिहरूको जमिन अब जोतेर
प्रवाह छैन छातीमा हाम्रो संगिनहरू रोपिएनी
संघर्ष गर्छौं मुक्तिका लागि लाल झुपडीहरू छोपिएनी
सम्मान अब पाउनु पर्छ औजार बनाउने दाइले
उचित ज्याला पाउन”पर्छ भरिया मेरो भाईले
–धनकुटा
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ३९ – २०६८ भाद्र ७ गते, बुधबार )