पुस्तक समीक्षा : “राष्ट्रनिर्माता खण्डकाव्य” भित्र एक नजर लाउँदा

~गोविन्दप्रसाद आचार्य~

राष्ट्रनिर्माता खण्डकाव्य माधवप्रसाद घिमिरेको ऐतिहासिक विषयवस्तुलाई आधार बनाएर लेखिएको मौलिक काव्य हो । जुन काव्य पृथ्वीनारायण शाहलाई आर्दश पुरूषका रूपमा चिनाउने उद्देश्यले लेखिएको हो । मैले वर्तमानको सन्दर्भबाट यसलाई हेर्दा हिजो पनि राष्ट्र टुक्राउन चाहानेहरू उत्तिकै रूपमा सशक्त थिए । ती सन्दर्भहरू आज पनि मिल्दाजुल्दा छन् । कलाको लेप लगाएर कुतर्कहरू मानिसको मन र मस्तिष्क विथोल्ने कति सफल हुन्छन् भन्ने विषयमा यस खन्डकाव्यले प्रस्तुत गरेका विचारहरू यहाँ सान्दर्भिक लागेर प्रस्तुत गर्ने जमर्को गरेको छु ः

परन्तु दाज्यै ¤ अब पाउने र
म गर्छु विन्ति धनु झैं झुकेर
भो लड्नु छाडौं, अब बढ्न छाडौं
यही बलियो ध्वजदन्ड गाडौं ¤

यहाँ प्रस्तुत गरिएका विचारहरू कलाको लेप लगाएर लयबद्ध रूपमा प्रस्तुत गरिएको छ । दलमर्दन शाह पृथ्वीनारायण शाहका भाइ हुन घ् उनको मान्यता यो रहेको छ कि–जति जित्नु राज्य जित्यौं अब यसलाई हामी सबै भाइले भोग गर्नुपर्छ । हामी सबै राजाका सन्तान राजा हुनुपर्छ भन्ने मान्यता उनको रहेको छ । तसर्थ अब धेरै ठूलो राज्य नबनाउँ । जे जति छ यसलाई सबै मिलि बाँडौं भन्ने विचार यहाँ प्रस्तुत गरिएको छ । यी सन्दर्भलाई हेर्दा एक मधेश एक प्रदेश जातीय स्वशासन आत्मनिर्णयको अधिकार जस्ता घातक विचारहरू हिजो पनि थिए । आज पनि देखा परिरहेका छन् ।

कहाँ महालंगुर लम्पसार
गैंडा लुकेको छ ¤ कहाँ दमार
हिंड्दा स्वयंको पनि राज्यभित्र
हराउँछौं स्वप्नसरी विचित्र ¤

यी पंक्तिहरू पढ्दा कति सुन्दर छन् तर यहाँभित्र प्रवेश गर्दा यी विष वृक्ष छन् । वर्तमानबाट हेर्दा संघीयताको माग गर्नेहरू ठूलो देश चलाउनै सकिन्न भन्दै जनतालाई गलत सन्देश प्रवाह गरिरहेछन् । यी विचारहरू हिजो पनि थिए, आज पनि छन् । राष्ट्रघातीहरूका बीच हिजो र आजमा कुनै भिन्नता देखिन्न । यी पुनरावृत्ति भएका विचारबाट यो स्पष्ट हुन्छ कि हिजो पनि खलनायकहरू देश टुक्राउने पक्षमा थिए र आज पनि खलनायकहरू तिनै विचारलाई संघीयताको नाममा देश टुक्राटुक्रा पार्न खोजिरहेका छन् । खलनायकको विचारलाई यी पंक्तिले पनि अझ पुष्टि गर्न सक्छन् ः

चढेर अग्ला गिरी बारबार
उचाली निला क्षितिजका किनार
हे¥यौं जति देखिनु उत्ति बाँकी
हो झिलिमिली झिल्मिलि दुर झाँकी

विदेशीको बुहि चढेर आफ्नो सोचविचार केही नभएका पराजित मानसिताका खलनायकहरू पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको देशलाई ठूलो देखेर विकास गर्ने बहानामा टुक्राउँदैछन् । यस काव्यका खलनायक दलमर्दन शाहले पृथ्वीनारयाण शाहलाई सुन्दर शब्दभित्र कुतर्क प्रस्तुत गरेका विचार र वर्तमानका खलनायकहरूका बीच कुनै अन्तर देखिन्न् । यस काव्यमा भनिएको छ ः

माटो जहाँको मुटुले छुँदैन
त्यहाँ हरि या ममता हुदैन
कोरल्छ चल्ला त्यति मात्र पोथी
न्यानो मुवाले जति सक्छ छोपी

दलमर्दन शाह जो इतिहासका खलनायक हुन् । जसले यी सुन्दर पंक्ति बतायो । यी पंक्तिलाई अध्ययन गर्ने जो कोहीले हेर्दा पनि साचो वास्तविकता र यथार्थरूपबाट हेर्दा तर्कहरू कति उत्तम छन् । पंक्तिहरू मार्मिक छन् । वस्तुवादी ढंगका छन् । कला छ, लय छ, तर साँचो भित्रको झुटो रहस्य यसरी प्रस्तुत गरिएको छ कि ठूलो राज्य भयो भने त्यहाँ हेरविचार पु¥याउन सकिन्न । जहाँको माटो मुटुले हँुदैन त्यहाँ हरियो राष्ट्रबाट हुन्न । यसरी एउटा कुखुराको पोथीलाई क्षमता भन्दा बढी अन्डा कोरल्न दिइयो भने ती सबै नास हुन्छन् , सम्हाल्न सक्ने जति मात्र आफ्नो हुन्छ । यी भाव र पंक्तिलाई नराम्रँे कसले भन्ने सुन्दरकलामा लक्ष्यार्थ गरी राष्ट्रियताको अनुभूति ढिलै तर यहाँ भित्र गरिएको लक्ष्य ठूलो राष्ट्र सम्हाल्न सकिन्न भन्ने हो । तसर्थ सुन्दर कलाभित्र कुतर्कको प्रवेश गराएर षडयन्त्रका तानाबाना बुन्ने राष्ट्रियताको रंगमा गलत प्रवृत्तिहरू प्रवेश गरिरहेका छन् । जसले गर्दा जनताको ठूलो हिस्सा हो मा हो मिलाउँदै भ्रम जालमा फसिरहेको छ ।

आदर्शका सुन्दर नामपारी
परमाणुका के ती थाप्नु भारी
नमाग्नु दाज्यै ¤ किन वर्तमान
थुड्डो हलुंगो फुलको समान

यी पंक्तिहरू पढ्ने पाठकले जब गम्भीरतापूर्वक सोच्दैन यिनलाई यथार्थ महशुस गर्छ । यी पंक्तिभित्रको खलनायक पक्ष्ँमा ध्यान दिन्न । पंक्तिहरू उपयुक्त छैनन् । कला मात्र उपयुक्त छ । ठीक यही ढंगका कुरा आज सामन्तवादको विरोध गर्ने, तर सामन्ती राजाको प्रवृत्ति छोड्न नसक्ने छोटे राजाहरूको निम्नस्तरको चिन्तनलाई यी पंक्तिले राम्ररी पुष्टि गर्छन् ः

महत्व के कलकल गन्डकीको ?
जो भूलैमा सुक्दछ जिन्दगी यो
उठेर के पर्वत साता फेरो
झुकेर जाला अब माया मेरो ¤

यहाँ पंक्तिले बताएका छन् महत्वकांक्षीहरूको जीवनपद्धति निरासावादी हुन्छ । अवसरवादी हुन्छ । साझा भावनाको विकास हुन्न । जसले गर्दा समाजमा स्वार्थीहरूको राज चल्छ । हिजो पनि यस्ता स्वार्थीहरू थिए, ठीक आज उही ढंगबाट संघीयताको बुर्काभित्र अवसरवादको गन्ध आइरहेको कुरालाई कसैबाट छिप्न सक्दैन । कहिले अवसरवादको विजय हुन्छ । यो अराजकतासँग नजिक छ । कहिले सही दृष्टिकोणको विजय हुन्छ । जो सत्यको नजिक छ । ठीक यी पंक्तिले पनि यस्तै विषयमा लक्ष्यार्थ गरेका छन् ः

दाज्यै ¤ यहाँ मै पनि राजपुत्र
उस्तै भुजामा बल विचित्र
भविष्यको मै पनि भारबोक
यो भूल मेरो कसरी म रोकुँ

यी पंक्तिको अर्थ स्पष्ट पार्न आवश्यक छैन । मलाई पनि राज्य चाहिन्छ भनेका संकेतहरू जो सुकैले राम्ररी बुझ्न सक्छ । आज यहाँ राज्य टुक्राएर ठालु बन्ने, शासक बन्ने, मुख्य मन्त्री बन्ने, रहर पलाएर आएकाहरूको प्रवृत्तिलाई यी पंक्तिले राम्ररी संकेत गर्छन् ।

बेला पनि फूल कुहिन्न रंग
मुस्किन्छ नौलो महुमाससड्ड
म जन्मिएको कुन चिन्ह राखु
र रश्मिले दुर भविष्य ठाकु

यी पंक्तिभित्र राम्ररी नियाल्दा द्वन्द्व तीब्र रूपमा अगाडि बढेको देखिन्छ । आपसी कलहले राज्य बढ्ने विचार मरेपछि अमर बन्ने धारणा फूल कुहिए पनि रंग नकुहिने धारणाहरू शासक बन्नु पर्छ भन्ने मान्यताका हुन् । ठीक अहिले हत्या, काटमार पहाडिया, मदिसेका बीच चलाइएको द्वन्द्व शासक बन्ने जमिनदारहरूका रहरलाई राम्ररी पुष्टि पार्छन् । एक मधेश एक प्रदेश नभएको खन्डमा एक नेपाल पनि नरहने धम्की यिनै पंक्तिसँग मेल खान्छन् ।

खोलेर यहाँ मृग एकमारी
बाँडी कलेजो जति छन् सिकारी
बिलो लिएर मै शरमा उर्लेर
यो राज्य बाँड्ने चीज होइन हेर

यी पंक्तिहरू पृथ्वीनारायण शाहले भाइलाई सम्झाउँदै बताएका छन् । संघीयताविरोधीहरूले ठीक यिनै विचारलाई समाएका छन् । तिनीहरूको विचारसँग यी पंक्ति मेल खान्छन् । यहाँ जे जस्तो भनिएको छ, भोलि संघीयतामा देश गयो भने यही हालत हुनेछ ः

यो राज्य लिन्छौं । जुन आज अंश
बाँड्दै चुँड्दै अनि वंश वंश
रहन्छ त्यो केवल गाउँ मात्र
जादुगरी जन्तर नाउँ मात्र

यी पंक्तिले अब हुने संघीयताको स्वरूपलाई राम्ररी प्रस्टाएका छन् । हुन सक्छन् यी भविष्यका ऐना जस्ता “संघीयता चाहिंदैन, देश टुक्राउन पाइँदैन” भन्नेहरूको आवाजसँग यी पंक्तिले मेल खान्छन् ः

भासिन्छ सुस्तै जब तिमी नै
कहाँ उभिन्छौं मन है तिमी नै
काटेर डाली रूखबाट भाई
के नीड रच्छौ जुन गीत गाई

पंक्तिका विचार कति सुन्दर छन् कति दुरदर्शी छन् । हामीले खोजेको स्वतन्त्रता, अधिकार राष्ट्र रहेमा मात्र प्राप्त गर्न सक्छौं अन्यथा जब जरा काट्छौं भने कुन छहारीमा बस्ने हो ? संघीयता राष्ट्रको जरा काट्ने विचार हो । द्वन्द्व उत्पन्न गराई समाप्तीको दिशा हो ।
यी पंक्तिहरूले पदमा उनिएर छन्द, अलंकारमा घुलिएर आप्mना विचार प्रकट गरेका छन् । यस काव्यमा पृथ्वीनारायण शाहलाई राष्ट्रियतासँग जोडेर क्ष्ँमताभन्दा बढीको बोझ बोकाइएको छ । तापनि हिजोका कुरा पुनरावृत्ति भई नेपालको टाउको दुखाइ रहेछन् । हाम्रँे सीमा खोज्दा पश्चिममा काँगडा र पूर्वमा टिस्टासम्म कायम गर्न सकेमा त्यो बहादुरी हुने, यो भएको घर भत्काउने जस्तो निन्दनीय कार्य अरू हुन सक्दैन । इतिहासको दलमर्दन शाह वर्तमानको संघीयताको रंग बोकेर देश टुक्राटुक्रा पार्न खोजिरहेको छ । तसर्थ सचेतहरूले यसको विरोध गर्दै, देश जोगाउनुपर्ने आवश्यकता छ । निस्कर्षमा यस काव्यको पंक्तिहरू समावेश गर्नु सान्दर्भिक ठहर्छ ः

पारिन्छ सत्ता जब खन्ड खन्ड
रहन्छ के राष्ट्र यहाँ अखन्ड
थुतिन्छ पत्ता जब खात खात
सिद्धिन्छ साझा अनि फुलबाट

(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक २९ – २०६८ जेष्ठ २५ गते, बुधबार)

This entry was posted in पुस्तक समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.