कविता : रोकिने यो समय हैन

~राम श्रेष्ठ~

सम्‍झन लाई मुटु भित्र,
कुनै ठाऊ बाकी छैन…!
अरु लाई नै राखी सके,
तिमी यो दिल को भाका हैन…!!

आखा भरि सजाऊनलाई,
सपनीमा आऊनु पनि त पर्यो…!!
गीत बनाई गाऊनलाई,
शब्‍द हरु पाउन पनि त पर्यो…!!

हासी राख्‍न झुमी राख्‍न,
मलाई काहा फुर्सद छ र…!!
गुरास फुल्‍ने पाखा हरुमा,
गुलाफ फुले त के भो र…!!

याद तिम्रो आउन लाई,
कुनै त्‍यस्‍तो कारण छैन…!!
जाने लाई किन रोक्‍छौ?
रोकेर रोकिने यो समय हैन…!!

रोकिने यो समय हैन…!!!

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.