~नर्मदेश्वरी सत्याल~
न कोल्टिन्छ न फर्किन्छ
न बाल चिन्त न बृद्ध
न घर न थर
न गाई न भाइ
ऊ त,
मुख बाउन
बिना नंग्रा मुटु कोपन
गिद्धभन्दा खतरनाक हुन्छ
मात्र जिउँदो छान्छ
नपत्याउँदो गरी सिंगै निल्छ
मान्छेलाई आर बनाउँछ
गिद्ध आकाशमा घुम्छ
आकल–झुकल चल्ला टिप्छ
जिउँदो त्यागी सिनो रोज्छ
हा–हु गर्द उड्न सक्छ ।
अजिड्डर
न धर्ती छोड्छ
न हा– हुले टेर्छ
जाजो जेजे भनिरहुन्
अनौठो बानी उसमा हुन्छ
कसैले तपाई भनोस् कि नभनोस्
मपाईत्वको पगरी गुत्छ
सेरोफेरो जम्मै मेरो
भन्ने भ्रम पालेको छ
सुतिसुति हत्या गर्नु
क्रुरतामा पेट भर्नु
अजिङगरको काम हो
खोलसाखोल्सी जंगलहरु
प्राकृतिक वस्तुका मुहानहरु
ढुकी बस्नेलक्ष्य भो ।
यसले
न घाँस–दाउरा गर्न दिन्छ
न बटुवालाई देखिसहन्छ
सिधा नजर पर्न नपाउँदै
सुलुत्तै पार्न दाउ खोज्छ
हत्या लाग्नु कता कता
उल्टै फूर्ति उसको हुन्छ
नाग सन्तान हुँ रे भनी
नित्य पूजा गरुन् भन्छ
अजिड्डर भनेको अजिड्डर नै हो
उसको आफ्नै सुर हुन्छ ।
जोगाई राखुँ सिधैं तान्छ
नाश गरुं जाति हराउँछ
दोधार मन कति बाँचु
सामल पिठो भर्नैपर्छ
छाडा छाडौं यस पट्केले
प्राणी झम्टी स्वाहा पार्छ ।
प्राणीका रक्षा खातिर
बृद्धिभित्र विवेक भर्न
विना मान्छे यस धर्तीमा
अजिड्डरको शान हुन्न
र नै
अजिड्डरले निल्न नपाउँदै अर्थात् पचाउन नभ्याउँदै
धारिलो हतियारले चिर्नुपर्छ
हाब्रे मुखमा परेकालाई
हत्तपत्त झिक्नुपर्छ
सोते ढाडमा कुल्चिएर
तिरले आँखा घोच्नुपर्छ
जोगिएर अजिड्डरको
शोधकार्य गर्नुपर्छ
चिडियाघरमा थुक्न सके
अजिङ्गर स्वयं ठेगान लाग्छ ।
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ३३ – २०६८ असार २९ गते, बुधबार)