कविता : संविधान पाउने आशैआशमा

~दिलवर ऐर~

शहरका गल्लीहरुमा, पहाडका खोचहरुमा
तराईका फाँटहरुमा, हिमालका सुन्दर चुचुराहरुमा
नयाँ संविधानको खोजीमा हिंडिरहेछु म
खै, कहाँ गएछ ? त्यो नयाँ संविधान

निरन्तर हिंडिरहेको म खै कहाँ पुगिरहेछु थाहै छैन,
लगातार दिनरात के हो थाहै नपाई डुलिरहेछु
भोक, निन्द्रा, थकान, प्यास के हो जाने कै छैन् मैले
तर पनि, त्यही नयाँ संविधानको खोजीमा भौतारिरहेछु म

संविधान सभामार्फत नयाँ संविधान पाउने आशामा,
हिंड्दै डुल्दै घुमफिर गर्दै डुलिरहेको मान्छे म
खै, कतिदिन हिंड्नु पर्ने हो, थाहै छैन मलाई
मध्यरात आउँदा बाटो बिर्सिदो, रहेछु म

त्यो कस्तो बाटो रहेछ, मलाई नै थाहा रहनेछ,
किनकि, म आफ्नै चालमा संविधानको खोजीमा
निरन्तर डुल्दै, भौंतारिंदै हिंडिरहेछु,
फेरि पनि थाहा छैन मलाई, खै कहिले पाइने हो त्यो संविधान

मध्य रातमा बाटो थाहा नपाउँने कस्तो मान्छे म,
संविधान गएको बाटो बिर्सिदिने कस्तो प्राणी म
बाटो पत्ता लगाउन नसक्ने कस्तो लाचारी म
मध्यरातमा बाटो बिर्सिदिने मान्छे म
फेरि पनि बाटो बिर्सिने डरले सताइरहेछ मलाई,
संविधानसभा मार्फत संविधान पाउने आशैआशामा !!

(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक २९ – २०६८ जेष्ठ २५ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.