~उत्तम न्यौपाने~
पुकार्दैछिन् आमा तँलाई खबरदारी गरिदे न युवा
क्रान्तिको मसाल बोकी अगाडि लम्किदे न युवा
म आउँछु उनी आउँछिन् हामी सबै आउँछौं
सुतेका ती बस्तीलाई छिटो व्युँझाइदे न युवा
त्यो पहाड अग्लो छ, तर चढ्न सकिन्छ
काँतर झैं टोलाएर बिन्ती नबसिदे न युवा
विस्तारवादका जालले देश छोप्न थालिसक्यो
देश बचाउन यो झन्डा बोकी लम्किदे न युवा
जलस्रोतको धनी देश पानी विजुली छैन
देश विगार्ने नेतालाई नेटो कटाइदे न युवा
हिमाल पहाड तराई कोही छैन पराई
हाम्रो एकता भाँड्नेलाई तातो जवाफ फर्काइदे न युवा
–हाल पूर्वाञ्चल क्याम्पस, धरान
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ३५ – २०६८ श्रावण ११ गते, बुधबार)