~शिव वियोगी चौलागाईं~
पल्लो घरको बार्दलीमा हेरुँ हेरुँ लाग्छ
पिरतीको डोरीले बेरुँ बेरुँ लाग्छ
पारी उनी वारी म नजर हानाहान भो
मलाई एकनास हेर्नेलाई घेरुँ घेरुँ लाग्छ
कहाँ उनी कहाँ म लाग्छ आकाश– धर्ती
साँच्चै उनी पाउँन जुनी फेरुँ फेरुँ लाग्छ
उनी हेर्न छतमै जाने म पनि कहाँ कम छु र
भाँजो हाल्ने दुश्मनलाई शेरुँ शेरुँ लाग्छ
दैनिकी भो उनको मेरो नजर जुधाउँनु
उनकै नाममा प्रेमपत्र केरुँ केरुँ लाग्छ ।
-हेटौँडा,मकवानपुर
(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिकको इन्द्रेणी)