गीत : माया गर्न थालें तिमीलाई

~आचार्य प्रभा~acharya Prabha

म भावनात्मक माया गर्न थालें तिमीलाई
तिमी भने चाहनाको दृष्‍टिले हेर्न थाल्यौ मलाई …

म मीठो कल्पनामा बहन थालें तिमीमा
तिमी भने स्वार्थको शब्द फ्याँक्न थाल्यौ म मा …

भन्छन माया अनायस देखिने इन्द्रेणी को रङ हो
त र लाग्छ तिम्रो माया बैँशको उन्माद हो …

सुनेकी छु निस्वार्थ माया शारिरिक् चाहना हैन
स्वार्थपूर्ती गर्ने माया केवल बहाना पनि त होइन …

म श्रद्दालु आँखाले खोज्न थालें तिमीलाई
तिमी भने नशालु नजरले पाउन खोज्यौ मलाई …

(प्रणय दिवसमा समर्पित गीत रचना २ -११ ०९ साँझ ९ बजे )

(अमेरिका)

(स्रोत : कविता कुसुम)

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.