कविता : शुक्रकिटको “प्रेम”

~प्रणिका कोयु~pranika-koyu

सबैले सोध्दैछन्
आखिर को परेछ त्यो शक्ति
जसले आफ्नो मनको जलन देखेछ एसिडमा
र सारेछ आफ्नो जलन उनको अनुहारमा

सबैले सोध्दैछन्
आखिर को रहेछ त्यो लाखे
जसले कौशल देखाउँछ जात्रामा
तर किन हो यो जात्रा “जात्रा” बनेछ – सिर्फ उसको नाचको

सबैले सोध्दैछन्
आखिर को हो यो जसले लुकाउँदै आफ्नो नाम
दुई प्यारा नामलाई समाचार बनाउन खोजेछ
तर समाचार त खोजको उ आफै बनेछ

शक्ति, लाखे, र नाम खोज्ने मध्येकी एक उत्सुक
आज तेस्रो दिन सोच्दैछु किन जान्नुपर्यो त्यसको नाम?
त्यो हो नै को र आखिर
माया बाँड्न नसकी घृणा फ्याँक्ने त्यो
काँडा बिझ्यो मनमा भनि अरूको मन भाँच्ने त्यो

त्यो अर्थात एउटा शुक्रकिटलाई
किन नै चिन्नुपर्यो-र त्यसको न्वारानको नामले?
किन पाउनु अरूले नि त्यसको कलाको वाहवाही?
आखिर “ओइ संगिता” गित त डिम्बाको दोष
शुक्रकिटलाई कस्तो लठ्याइछ
विचरी त्यसैमा ध्वस्त भइछ!

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.