गजल : दबाबमा परेछ !

~मबि सिंह~Mabi Singh 'Sirish'

सरकार, दबाबमा परेछ !
अदालत, प्रभाबमा परेछ !

दुर्घटना रोक्न कस्तो अबेर?
फूर्सदको तनाबमा परेछ !

अब लाज बचाउने कसरि ?
अनुहारै, नकाबमा परेछ !

छिमेकीले जाली कुरा उठायो
दाजूभाई, मुटाबमा परेछ !

“छिटो गए भन्न सकिन्न”
ढीलासुस्ती, सुझाबमा परेछ !

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.