~उदय निरौला~
साँझ पर्छ र जीवन झर्छ
त्यो सूर्यमूखी फूलको
राज चल्छ मच्छडको र झूलको
जीवन त्यो फूलसँग पनि बाटिएकै छ
जीवन यात्रामा त्यो झूलसँग पनि नाता गाँसिएकै छ ।
सायद
यी दूर्गम देशका दूर्गम गाऊँका
र दूर्गमबाट राजधानी छिरेर
दूर्गम नाम अर्र्जिएका सुगमेश्वरहरुको
विस्थापित गुलमोहर गृष्म पछि झरि झैँ हो
हुनसक्छ अपेक्षा अनेकन्
लेकमा क्यामेलिया हाँस्नसक्छ
र हुनसक्छ जेलमा यार्सागुम्बा धुरुधुरु रुन सक्छ ।
क्े भन्न सकिन्छ र बाटोका साथिहरुलाई
हाई, वाई भन्नु शिवाय
सबैथोक त आखिर बाटोमै भेटियो
र त्यसैको महिमा सत्यको गला रेटियो
संसार हो ? जिजीवीषा प्राणिमात्रको वा मान्छेको ?
घुम्ने कुर्सी
सिंह दरबार, वासिंगटन दरवार, ह्वाइटहाउस
अलिकति इदिअमित
अलिकति सद्धाम हुसेन
अलिकति गद्धाफि
अलिकति जर्जवुस्ट
अलिकति ओवामा
अलिकति माओेदेजुङ्
थोरै थोरै लेलिन
धेर थोर गञ्धी
सबैका वाचा थिए
वचा अनुसार प्राणको कसैले आहूति दिए
कसैले समाधि लिए
कसैले सहज असहज मृत्युवरण गरे
कसैको बाँकि छ ?
र धेरै झुटो् थाँति छ ।
थोरै अल्वर्टहरु
थोरै न्यूटनहरु
थोरै विश्वामित्रहरु
थोरै व्यासहरु
र सा¥है थोरै पल्र्सवर्कहरु
पर्दा बाहिरबाट भित्र
पर्दा भित्रबाट बाहिर
गर्छन्
केही लाग्दैन टालस्टायको र जुत्ता पालिस गर्छन्
केही लाग्दैन हरिभक्तको र बाटोमा चिउँडो मालिस गर्छन्
केही लाग्दैन भूपिको र मदिरामै डुबेर अस्पताल रुँग्छन्
यस्तै हो देवकोटाहरु
यस्तै हो मोतीरामहरु
यस्तै हो नानुभक्तहरु
यस्तै हो लेखनाथरु ?
यस्तै हो माधव घिमिरेहरु
नारायण गोपाल, अरुणा लामा,
र यस्तै यस्तैको नगीचका हरिभक्तहरु
आचार्यहरु
शास्त्रीहरु
पण्डितहरु
प्राध्यापकहरु
प्राज्ञहरु
फूल झर्छ तिमी देख्छौ मात्र
तिनीहरु झर्नुको सौन्दर्य सुँघ्छन्
यत्ति हो जीवन यात्रामा
साथिहरु प्नि भेटिन्छन्
काँडाहरु र फूलहरु पनि एकसाथ फेरिन्छन् ।