~लोप्चन लामा~
रोक्न सकिन आशुँहरु
तालिको गढगढाहटमा
शिर उठाएर खुशीमा रोएँ
भर सभामा एक्लो उभीदाँ
एक्लोपनको महसुस भयो
परेली बिजाएर दु:खमा रोएँ
बुझ्नेलाई क्ष्रिखन्ड
नबुझ्नेलाई के भनु र खै?
छातीमा हात राखेर भन्छु
भक्कानो फुटेर आयो
मेरो प्यारो देश सम्झेर
सुटुक्क रोएँ
जित पनि भयो
हार पनि भयो
आँखा खोली जितमा रोएँ
आँखा छोपी हारमा रोएँ
रोक्न सकिन आशुँहरु
शिर उठाएर खुशीमा रोएँ
परेली बिजाएर दु:खमा रोएँ
(स्रोत : Sajha)