~गोविन्ददेव आचार्य~
छन्द : स्रग्धरा
लेखेको नै नहेरी अनवरत कुनै उत्तिकै ठोक्छ “आहा”
केहीलाई रचेका सुमधुर कृतिका काइदै छैन थाहा
जान्ने गम्किन्छ धेरै कमसल बिचरो कोर्छ जानीनजानी
कोही उत्कृष्ट लेखे पनि गलत भनी दिल्लगी गर्छ “हाहा” !
– विदुर न•पा• 3 शेरा, नुवाकोट ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)