मनोबैज्ञानिक कथा : आत्मदहन

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

To be absent from the god
is to be present with the lord.
the dust returns to earth.
the sprite return to god who gave it.
– vdiah

दृश्य आफै बन्दै जान्छ…

‘सुन्यता हिड घाट तिर जाँउ’ । आजकाल मलाई नराम्रो बानी परेको छ । कहीले घाट तिर पुग्छु कहीले ग्रेभयार्ड तिर । होलिडे डेस्टीनेसन यस्तै ठाउँलाई रोज्न थालेको छु । भुत/ प्रेत/पिचासको निबास्थान मेरो लागी ग्राउन्ड सिट बिछ्याएर कोक/ह्यामबर्गर/ओरेन्ज जुस खाँदै दिन बिताउने अच्चम लाग्दो गन्तब्य बन्दै छ । तपाईले मलाई अघिल्लो हत्ता बधशाला तिर घुम्दै गरेको भेटाउनु भयो होला सायद । हो । म यस्तै ठाउँमा जान थालेको छु । बधशाला या मृत्युशाला/घाट/चिहान/Tomb पार्क आदी आदी ..जहाँ मृत्युलाई सजिलै भेटाउन सकीन्छ चाहे त्यो जनावर होस् या मानब लाश । मृत्यु त आखीर मृत्यु हो । लाश त आखीर लाश हो । मलाई मृत्यु तर्साउने लाग्न छोडेको छ । घन्टौ बलीरहेको चितालाई हेर्न सक्छु ।

जिबन पछीको संयमीत मृत्युको प्रतीछाँया स्वरुप लाश बाट निस्कीएको कालो कैलो धुँवा लाई नियाल्छु । जिबन मलाई अशामायिक लाग्न थालेको छ तर मृत्यु समसामायिक जस्तो । ‘सुन्यता यो मृत्यु रहस्यमयी छैन त’ ? घाटमा छु अहीले । अघीपछी भन्दा बढी लाशहरु जलीरहेको देख्छु । तर्पण दिईरहेका अर्धनग्न स्त्री पुरुषहरु, निरिह जिबनलाई ईश्वर सामु सुम्पन आएका भत्तजनहरु, जलिरहेको लाश सामु बसेर रुँदै गरेका आफन्तहरु सबै मेरो पोट्रेटमा अटाएका छन् । डेनड्राईट सुँध्दै हिडेका सडक बालबालीकाहरु तपाई अर्को किनारातिर देख्न सक्नु हुन्छ । नशामा छन् । म पनी नशामा छु । ईश्वर नशामा छ । निन्द्रालु अबस्थामा । अबचेतन अबस्थामा । सायद ईश्वर पनी मृत्यु देखी बेखबर छ जस्तो । तपाई हास्नु भयो । म आज हाँस्न सक्दीन । मेरो मित्रले हिजो आत्महत्या गरेको छ । यो philosophical sucide हो तर पुलिसहरु मान्न तयार छैनन् । उनीहरु यसलाई आत्महत्या नै भनीरहेका छन् । पोष्टर्माटमको रिपोटमा पनी यही लेखीएको छ । म दुखी भईन, उ यसै भन्ने र्गथ्यो, ‘सुन तेरो अघीतीर मैले आत्महत्या गरेको लाश हुनेछ’ ।

मृत्यु र जिबनलाई एक साथ पाँउछु त्यसैले सायद घाट या मृत्यु शैया मेरो लागी परीचीत हुदैछ । केही बिदेशीहरु बडो चाख मानेर मेरो मित्रको लाश तिर फोकस बनाउँदै छन् । ‘सुन्यता हेर जिबन मृत्यु प्रती बसिभुत छ’ । म मित्रको लाशलाई हेर्छु । उसलाई चितामा चडाउने तयारी गरीदैछ । चिता माथी सुतेको लाशले तनमयका साथ आकास तिर हेर्दैछ । लाग्छ उ आफ्नो नयाँ उपन्यासको लागी बिषय सोच्दै छ । तपाईले पनी उसको उपन्यास हरु ‘fear and loathing’/the gonzo papers पढ्नु भयो होला । मलाई यस्तो लाग्न थालेको छ जिबन जिउन खोज्नु नै मुर्खता हो । मर्नु कतै त्यो महान कार्य हुनेछ । मृत्युलाई सोफीस्टीकेट/sophisticate गर्न सकीदैन । तपाईलाई थाहा छ जब म घाट तिर टहलीएको हुन्छु । लाग्छ संसार लाशै लाशको कोलाज या compendium हो । जहाँ म बाँचेर पनी मृत्युको भोकमा लगातार भुस्याह कुकुरले जस्तो गल्ली गल्ली चहारेर रातो जिब्रो खसालीरहेको हुन्छु । मृत्युको लागी । देहत्यागको लागी । मेरो मित्र भाग्य शाली रहेछ । उसले आत्महत्या गरेको छ । म पनी त्यस्तै चाहाना गर्छु । मेरो मरण आत्महत्या बाटै होस् । यो कयौं गुना प्रभाबशाली हुनेछ । पत्याउन जटिल हुन सक्छ तर मेरो डेक्सटप आजकाल सुसाईड note हरुले भरीन थालेको छ । Google मा the best way of commit suicide भनेर कयौं पल्ट लेख्छु र आएका derivative result हरु लाई क्वार्रक्वारर्ती हेर्छु । साथीहरुको माझमा आपत्तीजनक कुराहरु गर्न थालेको छु । कहीले काँही ‘बैलाह’ पनी भन्न सक्छन तर खासै त्यसमा म भ्रमीत बन्दीन । मलाई थाहा छ म आत्महया गर्ने पुण्य बिचारमा छु । जिबनले मलाई भोग्दै छ या म जिबलाई भोग्दै छु आफुलाई नै यस्ता बाक्यहरुले दिग्भ्रमीत बनाउँछु । तपाई मलाई ‘झारातीरा लेखक’ भनी सम्बोधन गर्न सक्नु हुन्छ तर कृपया लेखक नभनीदीनु हेला । कहीले काँही कथाहरु लेख्छु/आफैले बुझ्छु । सिर्जना सिमातीत क्षीतीजमा कावा खानु मात्र होईन भन्ने लाग्दा एकैछीन जोर लगाएर घोरीन्छु । लेख्नलाई । अन्तर्मनबाट आवाज आउँछ । आत्महत्या । बाल्कोनीमा निस्कन्छु र सिग्रेट पिउँछु । एउटा कालो रात सधै झै बाल्कोनीमै टाँसिएर बसे झै लाग्छ ।

म यसरी बाल्कोनी मा निस्केको रात प्राय रोमीयो/जुलेट लाई संझने गर्छु । निकै बेर उभीएर सिग्रेट पिउँछु । चुरोटको ठुस्स् धुँवालाई मनन गर्छु । एउटा दरीलो आत्मबिश्वास सहीत आत्महत्या गर्न पुन कोठा भित्र छिर्छु तर कोठा अन्घकार छ । अकस्मात बिजुली फेरी गएछ । हो । सबै कुरा प्राय अकस्मात नै हुन्छन् । मेरो मित्रले पनी अकस्मात आत्महत्या गरेको हो । म अकस्मात संग अभ्यस्त भईसकेको छु । बिजुली छैन । कम्युटर बन्द भएको छ । Google is dead । हाँसो लाग्छ । मेरो कोठामा प्राय यसैगरी बिजुली गईरहन्छ । उज्यालोमा आत्महत्या गर्न रहर छ । आफु छटपटाउँदै गरेको देख्न सकुँ । एच चोटी फेरी जिबन र्फकीएको छ । आजलाई आत्महत्याको योजना टरेको छ । टर्छ/र्टदैछ । मैले खोलेको the best way of commit suicide भर्खर बन्द भएको छ । म भाग्यलाई संझन्छु । हत्केला पल्छाउँछु । दुखी हुन्छु । आत्महत्यमको योजना लाई पन्छाएर खाटमा पल्टन्छु । discovery channel मा documentary हरु हेर्छु । र्दुघटना बाट उद्धार गरीएको मानिसहरुको अनुहारमा सबोधगम्यता देख्छु तर म मृत्युलाई अंगाल्न खाज्दै छु । किन? तपाई मलाई मुर्ख भन्न सक्नुहुन्छ । तर मृत्यु म देखी नै डराउँदै छ । नआत्तीनुस् म आत्महत्या गर्नेछु । pointless अनी silly कुराहरुले दिमाग भरीएको हुन्छ । हरहमेशा । कथाहरु लेख्न छोडुँ की लाग्छ । मन अन्तै मोडीएको छ । एउटा बिश्वास/एउटा चहाना/एउटा मृत्यु तिर –हो, मृत्युको चक्कर तिर । मृत्यु पछी महान बनेका phenomenal writer हरुलाई संझन्छु । john Kennedy Tolle, Franz Kafka, Henry Darger, Sylvia Plath सबै मृत्यु पछी महान बनेका हुन् । यिनीहरुलाई म आर्दश मान्छु । आत्महत्या गर्न खोज्छु । महान हुने चहाना बनाउँछु । बास्तबमै जिबन बजारमा गोलभेँडा वा बन्दाकोबी को भाउ जस्तो सस्तीएको छ । म लापरबाही पाराको ग्राहाकको खोजीमा छु जसले मलाई सस्तो भाउमा उठाओस् । तपाई बुझ्नु हुन्छ? सस्तो भाउ या आत्महत्यालाई । म यस्ता बिचाहरुलाई साँच्चीकै लापरबाही पाराको स्खलन/ejaculation भन्न रुचाउँछु । मृत्युलाई sophisticate गर्न सकीदैन, मैले अघीनै भनीसके । त्यसैले मृत्युलाई नै पर्खदै छु । आत्महत्याको शिथिल प्रयास जारी राख्दैछु । म मेरो लेखहरुको आलोचना होस् भन्ने चाहान्छु । आलोचना र आलोचकलाई म अनादर गर्न सक्दीन कनकी यिनले मेरो लेखलाई माहान बनाउने छन् । फेरी बत्ती आउँछ । सिग्रेट जलाउँछु । कम्युटर खोल्छु । Google–फेरी खोज्न थाल्छु । The best way of compel suicide…..उफ ।

मित्रको लाश लाई हेर्छु जलाउने तयारी गरीदै छ । ‘सुन्यता हेर त, Hunter S. Thompson को लाश जलाउने तयारी हुदैछ । महान लेखकको अन्येष्टी गरीदैछ । उसको चितामा आगो लगाईदै छ । यो सन् २००५ को सेप्टेम्बर महीना हो । म उसको भनाईलाई संझीने कोसीस गर्छु the sex without love is as hallow and ridiculous as love without sex ….. मलाई उसको लेखकीएता ले नराम्रो संग प्रभाब पारेको छ । जसरी तपाई फेसबुक वा Elvis Presley भनी मरीहत्ते गर्नुहुन्छ । उसले हिजो मात्र आत्महत्या गरेको हो । तपाईले गोलीको आवाज सुन्नुभएको थियो होला । मलाई केही समय पछी थाहा दिईयो । अनीताले आएर भनेकी थिई । अब उ बिधवा भई सकी । म अलीकती पनी दुखी भईन Hunter S. लाई गुमाँउदा किनकी उसले आत्महत्या गरेको छ । मेरो पनी यस्तै चाहाना होईन र, सुन्यता ? उसको लाश बिस्तारै बल्दै छ । उसले आत्महत्या गरेको ब्यग्तिगत शरिर लाई हेरेर म उसको कृती मा घोत्लीन थाले । मलाई थाहा छ Hunter S. को लाश जल्दैछ । यद्यपी मेरो मित्रलाई या आफन्तलाई यो थाहा नहुन सक्छ की म पनी आत्महत्याको प्रयासमा छु । you are only being selfish भन्ने कुराहरु दिमागले नदोहोराएका होईनन् । आत्महत्या गर्नु आफु स्वार्थी हुनु हो तर पनी anonymously कुनै social network भित्र छिर्छु र virtual आत्महत्या का कुराहरु गर्छू । प्रशस्त सुझाबहरु पाँउछु । sleeping tablet, wrist cutting, vehicular impact, immolation, suffocation, नशामा रित्तो सीरन्ज….या त बन्दुकले आफुलाई प्वाल पार Hunter ले जस्तो । संसारको नाम चलेको Death magazine पढ्छु । shareascare जस्ता suicide magazine भित्र छिरेर आत्महत्या प्रयासलाई शब्दमा ब्यत्त गर्छु । मन र मष्तिष्कमा डरलाई हटाएर आत्महत्याको शीशुलाई उजागर गर्छु । म आत्महत्याको नौलो प्रयास गर्न चाहान्छु । मेरो लागी जिबन समात्त गर्ने क्षण नजिकीएको भान हुन्छ । सुन्यताले मेरो जवाफ कहीले र्फकाएन झनै यस्तो बेला र्फकाउन चाहाँदैन सायद म लामै बहस गर्न थाल्नेछु भनेर होला । प्राय suicide notes पढ्दा सुन्यता संग बादबिबाद चल्ने गर्छ । तपाई हरु मेरो कथा पढ्नु हुन्छ? हो यो सुन्यता संगको बादबिबादको उपज हो ।

म थ्याच्च गएर खुड्कीलामा बस्छु । मेरो अगाडी Hunter को लास बलिरहेकै छ । उसको शरीर ले निकाल्दै गरेको कालो मुस्लो धुँवालाई म एकहोरो हेरीरहेको छु । वरीपरी अन्य लाश पनी जल्दै छन् तपाई नाक थुन्न सक्नुहुन्न यो ब्यबस्था बिरोधी काम हुनेछ । मलाई आजकाल पोलीएको लाशहरुबाट उड्ने धुँवाको गन्ध पनी मिठो लाग्न थालेको छ । बिश्व युद्ध ताकाको चलचीत्रहरुमा देखाईने सिपाहीहरु जस्तो संझन्छु । जसमा शाशले लाशलाई चबाईरहेका हुन्छन् । Metamorphosis को पात्र जस्तो आफुलाई भयभित पाउँछु । Gergor Samsa जस्तो निरीह पाँउछु । आत्महत्या गर्नु पर्ने निर्णयमा पुग्छु । अनायसै death rope मा चड्ने ईच्छा पलाउँछ । हो बिनाकारण/without any reason, हाँसो लाग्यो? तपाईको हाँस्न पाउँनु स्वतन्त्रता हो । मेरो सार्बभौम मनले तपाईको ईच्छा माथी अधीकर जमाउने ईच्छा पनी राख्दैन । तपाई स्वतन्त्र हुनुहुन्छ म जत्तिकै । चाहे आत्महत्या गर्नुस् ।

Hunter S. Thompson को लाश जल्दै छ । समबेदनाका लागी उभीएका Ralph Steadman, Johnny Depp, John Oates, Lyle Lovett सबै को मुख नियाउरो छ । तर म चकमन्न मुद्रामा उसको बल्दै गरेको लाश हेर्दै हुन्छु कीनकी उसले आत्महत्या गरीसकेको छ । म Hunter को भनाईहरु संझन्छु । music has always been matter of energy to me…. उ सधै यसै भन्ने र्गथ्यो तर john oates को हातमा गितार थिएन उ शोकमुद्रामा मुर्दा घरको बाँया तिर उभीरहेको थियो । मलाई रिष उठ्यो उसको हातमा गितार हुनु पर्ने थियो । उ निरास देखिदै छ, Hunter को बली रहेको चिता हेदैछ । तपाईहरुले johnny depp लाई चिन्नु भयो । उसलाई हामीले pirates of Caribbean ..मा देखेको हौं । उसको अभीनयले मलाई मन्त्र मुग्ध बनाएको थियो । उ पनी आफ्नो मित्रको आत्महत्या देखी दुखी छ र मुर्दा घरको ठिक सामुन्ने बसेर जल्दै गरेको लाशलाई हेर्दै छ । मलै उसको मुखमा हेरे । र्बबराउँदै छ । तपाईहरुले बुझ्नु भयो उसले के भन्दै छ । ‘खुदा क्या मौत दिया तुने, मुझे भी ले चल वहाँ’ । कुनै हिन्दी गाना होला तर मैले कतै सुनेको जस्तो लाग्दैन । हामीले अघी देखेका बालबालीकाहरु अहीले बागमती भित्र खोलामा छिरेको देख्न सकीन्छ । उनिहरु पनी हामीलाई नै हेर्दै छन् । क्रमश उसको लाशले धर्ती छोडेको अनुभब हुदै छ । म उसको दनकीदै गरेको लाशलाई नियाल्छु । मनमा चाहाना झन दरीलो भएर आँउछ । आत्महत्या गर्नु पर्ने निस्कर्षमा फेरी पुग्छु । म संग बस्ने यो मान्छे लाई चिन्नु भयो ? उ Lyle Lovett हो । संतीतकार । उ पनी समबेदनाको लागी घाटमा उपस्थीत भएको छ । मैले उसलाई सुने । उ पनी आफ्नो गाना गाँउदै थियो । एकदम मसिनो स्वरमा । तपाईले सुन्नुभयो ? त्यो यस्तो थियो –

old friend
all the stories to tell
old friend
could you bid me farewell
old friend it might be easy

…यस्तै यस्तै ..म पनी उ संग संगै गाउन थाले । उसले मलाई हेर्यो र त्यो verse पुरा गर्यो । हामीले फेरी त्यो गित दोहोराएर गायौ । यस बेला Johnny Depp, John Oates ले पनी साथ दिए । तर बुढो Ralph अझै Hunter को बल्दै गरेको चिता लाई हेर्दै थियो ।

र्हेनुस् त । Hunter को चितामा कसैले अगुल्टो चलाउँदै छ । त्यो मानीस के गर्दै छ? ‘कस्तो मान्छे रै’छ, Bloody damn’ –Johnny Depp करायो । हामी सबै चिता तिर दैडियौं । त्यो त Jules Verne पो रै’छ । त्यो यहाँ पनी गाँजा सल्काउन आईपुगेछ । हामीलाई रिस उठ्दै थियो । त्यो गाँजा सल्काउँदै छ Hunter को चितामा । हामी सबै करायौं । गाँजा किन त्यस्को चितामा सल्काउनु परेको होला भनेर । उसले हामीलाई हेर्यो र संगै सिग्रेट खान भन्यो । उसले 510 classical electronic cigrate सल्कायो । जुन सन् २०११ मा आउने हल्ला थियो । हामीले Hunter को चितामा चुरोट सल्कायौं र चिता संग बसेर भबिष्यमा आउने भन्दै गरेको चुरोट पियौं । त्यहाँ हामी सबै मिलेर एउटा elegy गायौं । Hunter को आत्महत्या गरेको आत्मको चिर शान्तीको कामना गर्यौं । पानी पर्न थालेको हुनाले अब हामीले त्यो धुवाईरहेको लाशलाई मुर्दा घर भित्र बाट हेर्ने भयौ । हामी अहीले मुर्दा घर भित्र छौ । Johnny deep ले pirates of Caribbean ..को आउने sequel को बारेमा कुरा सुनायो । मैले आत्महत्या गर्दै छु भन्ने कुरा सुनाए । ‘wonderful decision’ भनेर सबैले मलाई तुरुन्त आत्महत्या गर्न सल्लाहा दिए । मेरो पनी मृत्युमा जम्मा हुने अनी ह्विस्की, चुरोट र वाईन खाने प्रस्ताब बनाए । मैले सकेसम्म त्यो अबसर दिलाई हाल्छु भनेर सबैलाई सुनाईदिए । तपाईले Jules Verne लाई देख्नु भयो ? उ हामि संग अहिले फर्किदैन, उ पनि आफ्नो ‘journey to the center of the earth’ को लागि हिडीसक्यो। हामी साझमा घर र्फकीन थाल्दा एउटा सेतो पेपर मेरो गोडा छेउमा आएर खस्यो । मैले उठाएर पढें । Type writer मा लेखीएको अक्षर थियो ।

‘Consoler’–यो त हन्टर थोम्मसन्ले लेखेको अन्तीम अक्षर होईन । Johnny Depp ले भन्यो ।

‘हो’– उसले आत्महत्या गर्नु भन्दा अगाडी लेखेको अन्तीम अक्षर । बुढो राल्फ ले थप्यो ।

सुन्यता,

म यो चिठ्ठी लेख्दैछु । झन्झट नमानी पाठकहरुलाई पढेर सुनाईदिनु ।

म आत्महत्या गर्दैछु यसको मतलब यो होईन की म मर्दैछु । खाली म मेरो अस्तीस्व गुमाउँदै छु । जिबन देखीको मोह मात्र टुटाउँदै छु । life has no rational meaning and order…त्यसैले म आफुलाई Hunter ले जस्तो गोली हान्नेछु । ‘सुन्यता’ तिमी नडराउनु । म मरे पनी तिम्रो अस्तीस्व यो दुनीयामा रहने छ । yes, you will be a free sprite…. जिबनको अर्थ pervasive छ । मैले जिबनलाई दुखको रुपमा लिए । जिबन जिउन लाएक नभएरै हो म यो confession मा पुगेको । तपाई ले पनी आत्महत्याको निर्णय गर्न सक्नुहुन्छ तर क्षमा चाहान्छु, मलाई लेखक भनी सम्बोधन नगरीयोस् । कुनै पत्रीकाको कोलममा रहस्यबादी अन्दाजमा संदेहबाद, नाहीलिजम, उत्तरआधुनीकता को बहस गर्दै मा म लेखक कतै हुन्न । लेख, कथा, समालोचना editor को सोझा मनले छापीदनिु writer हुनु कदापी होईन । कृयपा मलाई चर्को स्वरमा नकराउनुस् । म लेखक होईन । धन्यबाद तपाईले मलाई बुझ्नु भयो होला भन्ने आशा राख्छु । मलाई थाहा छ, तपाइको/मेरो यात्रा निरर्थक छ । तपाई यात्रा त गर्नु हुन्छ तर प्राय गन्तब्य अनिश्चीत छ । त्यसैले म मध्यम स्तरको मृत्यु खोज्दैछु । आत्महत्या गर्न रुचाउँछु । मलाई थाहा छ मेरो रुची संग तपाईको रुची नमील्न सक्छ । म ‘झारातिरा’ लेखक हुँ, भनीसके । अनी म भुल्लकड छु त्यो पनी बुझ्नु भयो होला । म रुची या घृणा ब्यक्त्त गर्न खासै रुचाउँदीन । पख्नुस्, आफ्नो रुचीहरु सुनाउँन नहतारिनुस् । मलाई बिलकुल फुर्सद छैन । मैले भनीसके तपाईहरुलाई चिठ्ठी मात्र लेख्दैछु । ‘सुन्यताले’ आत्महत्या पछी यो suicide note सुनाउने छ । मानीसलाई म बुझाउन सक्छु तर म बुझ्दीन । हो । म चहानाको र्सबब्यापकता लाई बुझ्न सक्दीन । I don’t understand the cycle of human life and want…..म आशा राख्छु पाठकहरु मेरो burial मा आउनेछन् र Johnny Depp/Ralph/john oates संग मेरो चिता छेउमा बसेर वाईन र सिग्रेट पिउने छन् ।

अब ……

पाठकहरु आउनुस् । यो सन् २०१७ को बसन्त ऋतु हो । मेरो कोठामा सबै भेला भएका छन् । मैले भर्खरै हिजो राती आत्महत्या गरेको छु । मेरो आलो लाशको वरीपरी बसेर मेरा आफन्त बेकार को/उदेक लाग्दो आशुँ चुहाँउदै छन् । तपाईहरु यसो नर्गनु होला ! लाग्छ म गहीरो psychological comfort मा…. पुगेको छु । मेरो खुट्टा छेउमा बसेर Johnny Depp मलाई हेर्दै छ । मेरो दाँया बाँया त्यही बुढो Ralph र John Oates उभिएका छन् । उनीहरुको हातमा वाईनको गिलाश भने देखीएन । आज Jhon Oates को हातमा गितार छ । त्यहाँ उनीहरु सबैले Hunter को लागी गाएको समबेदना गीत फेरी गाए ।

Old friend
All the stories to tell……….

दृश्य धमीलो हुँदै छ ।

अझै पनी पाठकहरुले मलाई बधशाला या घाट तिर उभीएर आत्महत्या गरेको लाशहरु जल्दै गर्दा हेरको भेटाउन सक्छन । सुन्यतालाई ‘go for a stroll’…. भनेर म कहीले काँही अझै पनी यस्ता ठाँउहरुमा लेराँउछु । पाठकहरुले कानेखुसी गरेको सुन्छु । ‘यो लेखकले आत्महत्या गरेको होईन’? । तर म यसलाई अझै पनी आत्महत्या मान्न तयार छैन । यो त philosophical suicide हो ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.