~कविता दाहाल~
दिन विहान उठेर वस्तीका मान्छे बगरमा गिटी कुट्न जान्थे । तिखे र म पनि सधैँ गिटी कुट्नै जान्थ्याै ।
पेट पाल्नलाईनै धाै-धाै परेका हामीलाई स्कुल पढाइ भन्ने कुरा गाैण थिए । सरकारले पनि हामीमा त्यति ध्यान दिएकाे थिएन । केही दिन स्कुल गएपनि हाम्राे वस्तीका वालवालिकाहरु विचैमा स्कुल छाडेर काम तिर लाग्थे । त्यही गिटी कुट्ता कुट्तै १५ वर्षको उमेरमा तिखे र म माया जालमा फँस्याै ।
हरेक झुप्रामा हल्ला हुन थाल्याे तिखेले वाटुलीलाई भगाउन अाटेकाे छ !
धरानकाे सेउती खाेलाकाे बगरमा पानीले नभेट्ने अलिक माथिकाे भितामा दस पन्द्र वटा झुप्रा थिए ।
धेरै चाेटी डाेजरले बस्ती उठाउन खाेज्दा पनि हामीले प्रतिकार गर्दै विगत दस वर्ष देखि त्यस ठाउँमा वस्तै अाई रहेका थियाै । त्यही वस्तीमा थियाे तिखे र मेराे झुप्री ।
चेतना र शिक्षाकाे कमीले हाम्राे वस्तीमा बाल विवाहकाे परम्परागत प्रचलन राेकिएकाे थिएन ।
पन्द्र वर्षकाे उमेरमा मलाई पनि तिखेले भगाएर उस्काे झुप्राे तिर सार्ने निर्णय गर्याे । वेलुकाकाे पाँच बजेतिर भेटेर भन्याे ” अाजवाट तँ मेरी बुढी भइस् लु हिन मेरा घर ।” मैले पनि लुकेर घरबाट लुगा फाटा निकालेर पाेकाे बनाएँ अनि च्यापेर लुक्तै लुक्तै उसैका अगाडि लागेँ । उस्का घरमा पुगे पछि मलाई वाहिर छाडेर तिखे भित्र गयाे । केही वेरकाे खास खुस पछिअामा छाेरा बाहिर अाए र तिखेले मलाई एउटा सिन्दुरकाे राताे टीका लगाई दियाे । उसकी अामाले मलाई बाेलाएर भित्र लगिन अनि अँध्यारो कुनामा पुर्याएर परालकाे पिरामा वसाइन् । वस्तीभरि हल्ला चल्याे ,वाटुली तिखेसँग पाेइला गई रे ! काखीमा एउटा नानी च्यापेका र हातले दुई तीन जना डाेहाेर्याएका महिलाहरुकाे भिड लाग्याे, म वेहुली भएकाे हेर्नका लागि । तिखेका अाँगनमा लगाएकाे एक टीका सिन्दुरले र एउटा थाेत्राे फ्रकले म वेहुली सिँगारिएकी थिएँ ।
अामाले तिखेलाई तीन वाेतल रक्सी तीन दिन भित्रमा ससुरालीकाे घरमा पुर्याउन लगा भनी अराईन् । त्यसकाे मतलब तिम्राे छाेरी मैले भगाएँ है ससुरा बा भन्नु थियाे । यस्लाई “चाेरकाे साेर “पनि भनिन्थ्याे हाम्राे वस्तीमा ।उसकाे घरमा नाै जना परिवार थिए ,म थपिएर अाजबाट दस जना भयाै ।मेरा नन्द देवरहरु मेरा वरिपरि मलाई घेरा हालेर बसेका थिए । तिखेका वाउ भने तिखेले विहे गर्याे रे भन्ने सुन्नासाथै “मलाई नसाेधी विहे गर्ने “भनेर रिसले पसलमा रक्सी धाेकेर वसेकाे खवर अाउँदै थियाे । मलाई चाहिँ तिखेकाे माया लागिरहेकाे थियो , उस्का बाबुले जाँडकाे रनकाेमा तिखेलाई चुट्ने हुन् कि भनेर !!
वेलुकाकाे खाना गहुँकाे ढिडाे र लाैकाकाे सव्जीमा एउटा सानाे कुखुरा काटेर एकै ठाउँमा मिसाएर पकाएकाेे थियाे ।कुखुराे चाहिँ अाज दाइले केटी ल्याकाे दिन भनेर विहे भाेज स्वरुप काटिएकाे थियाे । सबै केटा केटी ढाेकावाट चिहाएर मलाई हेर्दै “हे र न वाटुली तिखेसँग पाेईल अाएकी छे ,”भन्दै काना खुसी गर्दै हिन्दै गर्थे । खाना पछि झुप्रीभित्रकै हलमा सबै परिवारलाई एउटै लामाे अाेछ्यान लगाईन तिखेकी अामाले । अन्त कतै ठाउँ पनि थिएन ।हाम्राे वस्तीमा सवै घरमा सुताई तेस्तै हुन्थ्यो । हामी सबै एकै ठाउँमा लाईनै भएर सुत्याै।रात निकै छिपिए पछि तिखे मेरा पछाडि अाएर लुसुक्क घुस्रियाे ।
विहान हुनासाथ मेराे दाजु दुईचारजना गाउँका केटा लिएर दाैडेर अायाे र झुप्री भित्रै पसेर “मेरी वैनी किन भगाईस्? ”भनेर तिखेलाई थङ्थिलाे हुनेगरी कुटेर हिन्याे । म भने झुप्रीकाे पछाडि लुकेर तिखे कुटिएकाे टुलुटुलु हेरिरहेँ।दाजु गए पछि तिखे मेरा छेउमा अायाे र भन्याे ,”वाटुली तँलाई त कुटेन चाेरले ?? तलाई मबाट खाेसेर लग्याे भने मरिगए नजा ल !” मैले उस्लाई अँगालाे मारेर भने , म तिमीसँगै मर्न अाएकी हूँ , जीवनभरि साथ दिने छु । तिखेका जिउभरि निलडाम थिए ।
मैले उसकाे सट उठाएर एकएक गरेर हेरेँ। हामी अँगालाेमा बाधिएर एक अापसमा राेयाैँ ।
हाम्राे पेसा त्यही गिट्टी फाेरेर बेच्नेनै थियाे । कुनै दिन गिटी बिकेन र पैसा नभएर भाेकै वस्नु पर्याे भने के न के निहु झिकेर तिखेले मलाई बेसमारी कुट्ने गर्थ्याे । म चुपचाप सहन्थेँ।चर्काे घाममा गिटी फाेर्ने ,बाेक्ने र उचाल्ने ,चाल्ने जस्ता कुरामा हामी ज्यान छाडेर लाग्थ्याै ।
अाठ महिना पछि एक दिन खाेलामा काम गरिरहदाँ मलाई मर्ने गरेर पेट दुख्याे।सहनै नसक्ने भएपछि मैले तिखेलाई सुनाएँ। उस्ले तानेर पर छाहारीमा लगेर राख्याे।उसैका काखमा सिरानी गरेर केही वेर छटपट गरे पछि मैले एउटा डेड केजी जतिकाे मरेकाे नानी जन्माएँ। सबै बगरका कामदारहरुले हामीलाई घेरेर रमिता हेरेँ। तिखेले उसकाे कम्बरमा बाँधेकाे पटुकी खाेलेर मेराे शरीरमा बेरिदियाे।त्याे मरेकाे वच्चालाई बगरमै छाेपेर हामी घर फर्कियाै ।
यसरीनै चार वर्ष भित्रमा मैले लगातार चारवटा सन्तान जन्माएँ । दाेस्राे सन्तान बाचेकाे छ बाँकी सबै मरे ।
याे पाँचौ साल पनि मेराे पेटमा वच्चा थियाे । अस्पताल जाने कुरा तिखे सुन्नै मान्दैन थियाे।
किन भने उसकाे गाेजीमा कहिल्यै फुटेकाे काैडी हुँदैन थियो ।
त्याे दिन अचानक मेराे पेट फुलेकाे थियाे । हात गाेडा लागेका थिएनन् । म मेरै तिखेका झुपडीमा लम्पसार थिएँ । अाधा शरीर रगतमा डुबेकाे थियाे ।मेरा सबै परिबारले मलाई घेरेका थिए। अाज पनि एउटा मरेकाे नानी जन्मेकाे थियाे । म वेहाेस थिएँ । तर अझै अर्को पनि मरेकै बच्चा मेराे पेटमा थियाे । त्याे भने जन्मिन सकेन । मेरा अाँखा धमिला भए । जीउ फुलेर असबाफ भयाे । हात गाेडा तनकक तन्किए । मेराे तिखे बाहिर र भित्र गरेर छटपटाई रहेकाे थियाे । सायद एक्लाे जीवन जीउने अागामी दिनहरुकाे नक्शा काेर्दै थियाे हाेला । उस्काे धमिलाे छाँया मेरा नजरका वरिपरि घुम्दै थियाे । २१ वर्षको उमेरमानै म बिस्तारै सेलाउँदै गएँर मेराे तिखे र सानी छाेरीलाई छाडेर सँधैका लागि विदा भएँ । छाेरी चिच्याएर राेई ,अामाअाअाअाअा ……!!!
म झलस्स विउँझिँए ।
हैेट ! कति नराम्राे सपना !!
(स्रोत : नब साहित्य डट ओआरजी)