~रामचन्द्र कार्की~
मेरो प्रत्येक रातको निन्द्रा, तिम्रो यादमा भागिदिन्छ,
मनलाई रोक्न बार हाल्छु ,तैनि उफ्रि नाघिदिन्छ ।
गाँस टिपी मुखमा लग्यो, तिम्रो मुखले आँ पो गर्छ,
प्रत्येक पलमा तिम्रो फोटो, आँखाबाट खाँशु झर्छ ।
भोक प्यास निन्द्रा सवै, तिम्रै यादमा टरिदिन्छ,
तिमीलाई सोच्छु कहाँ पो छौं, मनमा पीर भरिदिन्छ ।
पढ्न खोल्छु कापी किताव, तिमी ठानी बात मार्छु,
घरमा सोच्छन् के भो बाबु, केहि नी छैन भनि टार्छु ।
आँखा भरि आँशु बोकी, रात दिन लखर लखर,
चारै तिर अन्धकार भो, कति खाँए ठक्कर ।
तिमीसँग बिताएका, प्रत्येक पलले झस्कार्इ दिन्छ,
बिर्सनलाई मरेतुल्य, मन मुटुलाई चस्कार्इ दिन्छ ।
तिम्रो साथ एकछिन छुट्दा, मन मुटुमा गाँठो पर्छ,
तिमीलाई मात्र सोच्न पुग्छु, अरु यो कुरा काँठो सर्छ ।
यो मुटुमा तिम्रो तस्वीर, नभाग्नेरी बसिसक्यो,
सक्छौं भने तान्देउ मलाई, नत्र ज्यान खसिसक्यो ।
आओस् जाओस् परीक्षा नि, जाँच दिन मनै छैन,
तिम्रो बाहेक अर्को तस्वीर, यो दिमागमा छदै छैन ।
भेटघाटमा बोल्न गाह्रो, पेन पेपरको साथ लिएँ,
मार बचाँउ तिम्रो जिम्मा, सबै कुरा माथ लिएँ ।
रामचन्द्र कार्की
आँपपिपल-४ राईगाँउ गोरखा
हाल: रानीपौवा पोखरा-११, कास्की
(स्रोत : रचनाकारको ब्लगबाट सभार)