~तिलक अनुरागी~
नक्कलीको छड्के नजर करौँतिमा परे
जवानिले डसेपछि मत जिउँदै मरे!
भाग्न खोजे टाढा टाढा नजर भन्दा
मोहनिले ताने पछि वर वर सरे!
न्याँनो काख न्याँनो साथ न्याँनै अंगालोमा
परे पछि बेहोसि भै कुन्नि के के गरे!
होश गुम्यो जोस थियो पहाड फोड्छु भन्ने
थाके पछि ओइलाएको फुल जस्तै झरे!
झापा, तोपगाछी