~कुमार काफ्ले~
-पागलको संज्ञा दिदैं मुकुन्दलाई गाउँमा बस्न नालायक ठहर गरियो।
-उसलाई उपचारको लागि पाटनस्थित मानसिक अस्पतालमा पुर्याईयो।
-त्यहाँ मानसिक रोगको उपचार गर्ने एक से एक चिकित्सक थिए।
-उसको पृष्ठभूमि थाहा पाएपछि सेवाभाव प्रवल भएका एक असल नामूद डाक्टरले उसको उपचारको जिम्मा लिए।
-उ डाक्टरलाई अनेक प्रश्नहरू सोधेर हैरान पार्थ्यो।
-डाक्टर र उ बीच निरन्तर भेटघाट र घण्टौं संवाद भईरहन्थ्यो।
-उ डाक्टरलाई आफ्नो विचार र तर्कमा सहमत गराउन सफल भईरहेको थियोे।
-बिस्तारै उनीहरू मिल्ने साथी जस्तै भईरहेका थिए।
-निरन्तर संवाद र छलफलले डाक्टर र उसको भावना र विचार ठ्याक्कै मिल्न थाल्यो।
-एकदिन ती डाक्टरलाई पनि पागल घोषणा गरियो।
– ओखलढुंगा।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)