निबन्ध : झ्याल

~प्रविण अर्याल~pravin-aryal

झ्याल, झ्याल भन्ने बित्तिकै मलार्इ, मेरो विचारमा “घरको भित्तामा करिब १ मिटर गाह्रो लगार्इसके पछि सिल र लिन्टेल (Sill and Lintel) विच बनार्इएको करिब १.५ मि अग्लो सुपर स्ट्रक्चर (Super Structure) हो, जसमार्फत त्यो कोठामा सजीलैसँग प्राकृतिक हावा तथा प्रकास आवतजावत गर्न सकोस्।” यो परिभाषा र्इन्जीनियरीङ्ग पढ्नेहरूका लागि मान्य छ, पढ्नु त भो, अव बुझ्न के गर्नु भो? त्यो तपार्इलार्इ थाहा होला। त्यसैले यो परिभाषालार्इ परको भाषा संझेर बिर्सिदिनुहोस्। यहाँ, म अव शुद्ध नेपाली भाषामा झ्यालको अर्थ बुझार्इदिनेछु। कृपया ध्यानदिएर पढ्नुहोला। फेरी, यहाँ कोही अरूको कुरा सुनेर अर्को समस्या आयो, समस्या के भन्देखीन् शुद्ध नेपालीमा झ्याल शब्दलार्इ अर्थ्याउने त भने, तर त्यती शुद्ध नेपाली त मलार्इ पनी अउने होर्इन, मलार्इ आउने नआउने भन्दा पनि पढ्नेले बुझ्दैनन् की भन्ने डर रह्यो। तर नआत्तीनुस्, मैले नेपाली परिवेषमा भन्न खोज्या हो है। नेपाली परिवेषमा झ्यालढोका एकै चोटी आउछन् तर म ढोका बन्द गरेर झ्याल खोलेर यो निबन्ध लेख्दै छु।

 झ्यालको विषयलार्इ लिएर मलार्इ मनमा एउटा-एउटा प्रश्न उठ्छ, प्रश्न “ढुङ्गेकालमा जब मान्छे गुफामा बस्थे त्यती बेला तिनीहरूले झ्याल बनाएका थिएकी, थिएनन्?” यदी बनाएका भए “उनीहरूलार्इ झ्यालको अवश्यकता किन पर्यो?” पहिलो प्रश्नको उत्तर खोज्न मलार्इ त्यती रूचि छैन, दोस्रो प्रश्नको उत्तर चाँही मैले खोज्ने प्रयासमा छु। तैपनि पहिलो पश्नको उत्तर खोजेको राम्रो भन्ने कुरा यो उट्पट्यङ् सोच्ने दिमागले भन्दैछ।

 ढुङ्गेकाल अर्थात् मानिसको गुफामा बासहुदाँ मानिसहरूलार्इ सायद झ्यालको आवस्यकता पर्दैनथ्यो होला। किनकी तिनीहरू दिनभर गुफाबाहिरै हुन्थे। रातमा मात्रै गुफाभित्र जान्थे होला। जसले गर्दा झ्यालको आवस्यकता पर्दैनथ्यो होला। सायद झ्याल बनाउन नमिल्ने भएर पनि होला। यो होला शब्द किन धेरै प्रयोग गरेको होला भन्ने पनि लाग्यो होला, त्यसैले भन्दैछु “यो तथ्य मैले प्रमाणीत भएको खबर नसुनेको हुनाले हो”। अर्को चोटी सोच्दा मलार्इ के लाग्यो भने “तिनीहरूले साच्चै झ्यालको प्रयोग गरेका थिए” कसरी भने राती गुफामा सिकारबाट फर्कीएपछि आगो बाल्नु पर्ने, ताप्नु पर्ने, सिकार पकाउनु पर्ने भयो, अनि आगो बाल्दा निस्कने धुँवाको निकास गर्नकालागि गुफाको माथीबाट प्वाल पारीएको हुनसक्छ, यो तथ्य कुनैकुनै गुफामा भेट्न पार्इन्छ। यसरी यहाँबाट झ्यालको बिकास भएको हुन सक्ने अनुमान दाबी गर्न सकिन्छ। साथै तिनीहरूलार्इ प्राकृतीक वातावरण आफ्नो गुफामा चाहन्थे होला, अनि शुद्ध हावा तथा प्रकाशको आवागमन गराउन झ्याल स्थापित गरिएको हुनसक्ने मेरो अनुमान रह्यो।

 अझै पनि म प्राचिनकाल मै अनुसन्धान गर्छु। तपार्इले पुरानापुराना दरवारहरू, घरहरूमा गएर झ्यालको बनावटलार्इ ध्यान दिएर ख्याल गर्नु भएको छ? यदी छैन भने यो पढीसके पछी संजोग परेको बेलामा ख्याल राख्नु होला। त्यस्ता घरहरूमा झ्याल, काठमा सानासाना आँखा जत्रा प्वाल कुँदिएका, हावा र प्रकाश मात्र छिर्न मिल्ने गरी बनार्इएका थिए। त्यस्ता झ्याललार्इ आँखीझ्याल भनिन्छ। ति घरहरूमा प्राय झ्याल पूर्वतिर बनार्इएका हुन्छन्, जस्ले गर्दा विहानको पूर्व दिशातिरबाट बग्ने शितल स्वच्छ पवन तथा न्यानो घामको किरण कोठासम्म पुगोस्। त्यस्तै गरी दक्षिणमा पनि त्यस्तै झ्याल स्थापीत गरीएको हुन्छ ताकी दिनभर कोठा तातो रहोस् अनि पूर्वबाट कोठामा छिरेको हावा दक्षिण हुदै निस्कीयोस्। ख्याल गर्नुहोस् ती झ्याल अहिलेको जस्तो तल हुदैनथें। ती झ्याल भेट्न कुर्सी चढ्नु पर्ने हुन्छ। कोहीकोही राजा महाराजाहरूले त्यही आँखीझ्यालबाट बाहिरको दृष्य नियाल्नी गर्दथे।

 अव पालो अहिलेका अत्याधुनीक झ्यालको बर्णन गर्ने। अत्याधुनीक झ्याल भन्दा केही विशेष झ्याल भन्ने बुझ्नु होला। तर गलत बुझ्नु भो। किनकी नेपाली झ्याल त्यती अत्याधुनीक भर्इसक्यो की विशेषले पुग्दैन। विशेष झ्याल भनेका विशेष प्रयोजनका लागि तयार गरीएको भन्ने बुझ्नु पर्छ। तर अत्याधुनीक भनेपछी सबै प्रयोजनका लागि तयार गरीएको भन्ने बुझ्नु पर्छ। जस्तोकी हावा, पानी, फोहोर, सिङ्गान, र्इत्यादीलार्इ ध्यानमा राखी बनार्इएको भन्ने बुझ्नु पर्छ। मैले यहाँ प्रकाशको उल्लेख गरीन किनभने प्रकाश आओस् नआओस् बाल मत्लव।

 अव काठमाडौंको पालो! काठमाडौं नेपालको “राजधानी”, माफ गर्नुस् “लोकधनी” मैले समाचार सुन्न छाडेको धेरै भर्इसक्यो। “नेपाल चालक”ले “राजमार्ग”लार्इ “लोकमार्ग” बनाए भन्ने त सुनेको थिए, यो कुरा सुनेको चै छैन है, नरिसाउनुस् ल। यहाँ नझुक्कीनुस् है “नेपाली चालक” हैन है। झ्यालको कुरा गर्दै थिए कहाँ पुगेछु भन्या …। देशको चिन्ता सबैलार्इ छ, सायद यो माथील्लो शब्दक बाहेक।

 म पहिलो पटक काठमाडौं आउँदा सग्ला अग्ला घरमात्रै देखेथें। ति अग्ला सग्ला घरको भित्तामा पुरै प्लास्टर गरीएको छ तर झ्याल भनेको त उँही माथिल्लो तलामा मात्र देखीन्छ। यहाँ धेरै देख्न पार्इनछ, सुन्न पार्इन्छ, झ्यालको बारेमा। यदी मेरो जन्म अन्तैदेशमा भ’को भए सायद म यो निबन्ध लेख्ने बारे सोच्ने पनि थिएन होला! अँ! साँच्ची यदी यहाँको सुन्दर्यताले लोभिएर टुरीष्ट बनेर यहाँ काठमाडौंमा एकाद महिना भुलेको भए भन्न सकिन्न। किनकी यहाँ झ्यालभन्दा बाहिर भन्दा भित्रको सौन्दर्य प्यारो छ। बाहीर झ्यालमुनीको बाटोमा जोसुकै हिडेको होस् वाल दिदैनन्, आफूसँग भएको कसिङ्गर मिल्क्यार्इ हाल्छन्।

 साच्चै झ्याल भनेको मिल्क्याउ मार्ग नै हो त? अस्ती होटलमा खाना खाएर कोठातिर धाउँदै थिए, पाटनढोकाबाट भित्री गल्ली हुँदै जादै थिए, अचानक मेरो काँधमा चामलका दानाहरू खस्यो, माथी फर्केर हेरेको एउटा बुढा वाले परेवालार्इ झ्यालबाट चारा दिदै थिए। त्यस्तै घटना यो मार्गमा भर्इ नै रहन्छ। एक चोटी त्यही बाटो हुदै कोठामा फर्कदै थिए, एउटाले चुर्इङ्गम थुक्यो, झण्डै मलार्इ परेन। एक चोटी मध्य बानेश्वर हुदै जादाँ, गमलाबाट फोहर फ्याक्दै थिर्इन् एक महिला। अरूकसैले देख्छ कि भनेर आत्तीदै झ्याल बन्द गर्न उनलार्इ एक सेकण्ड पनि लागेन होला। अझ, चोकैमा कोठा वा घर भएकाहरूले त राती सबै सुतेपछी, त्यो कोठाको डंगुर मिल्क्याउन पल्कीएका छन्। यो भयो फोहोरी झ्याल।

 अव एकचोटी स्कूले झ्याल। म पहाडीया एउटा स्कूलमा पढ्थें। त्यसबखत्को एउटा कथाः म पढ्ने स्कूलमा अलिकती कुमाल जातका विद्यार्थी पढ्थें। (माफ गर्नुहोस्, जातलार्इ स्थान दिएको छैन। वेथीतीलार्इ देखाउन खोजेको छु। यो सत्य नै हो) तिनीहरू आधादिन पढेर घर फर्कन्थें। यो सजीलो बनाएको थियो, त्यही झ्यालले नै। झ्यालमा भएको फलामको सरीयालार्इ बङ्ग्याउन तिनीहरूलार्इ सजीलै हुन्थ्यो। कक्षा मनिटरलार्इ पिसाब फेर्ने बाहना गराएर केही साथीको मिलेमतोमा त्यो झ्यालबाट झोला झिकाएर भाग्न सफल हुन्थें। अनि परीक्षामा असफल। एक चोटी त म पनि त्यसरी नै कक्षा छाडेको छु। अनि अर्को कुरा, एस्एल्सी परीक्षा, यदी सिम्बोल नं. झ्यालकै छेउमा पर्यो भने त त्यो जत्तीको भाग्यमानी अरू कोही नहुने। किनकी झ्यालको छेउमा पर्नेले, बाहीरबाट पास भएको चिट सुरूमै हात पार्थ्यो। यद्दपी यस्तो अहिले कम भएको छ। त्यस्तै, झ्यालले भित्रबाहिरको प्रेमलीला पनी सफल पारेको केही सुन्न तथा फिल्ममा देख्न पार्इन्छ। अनी भावुक कुरा, एउटा पढ्न चाहेकालार्इ त्यो झ्यालको छेउमा बसेर सिक्न पाउछ।

 झ्याल भित्रबाट बाहिर नियाल्न बनार्इएको हुन्छ, तर एउटा चोरले त्यो झ्यालबाहीरबाट भित्र केके राखीएको छ, सबै नियाल्छ। अनि मौका मिलेमा त्यही झ्यालबाट, भित्र छिरेर चोरेर भाग्छ। कोहीलार्इ एक्लोपनले छोयो भने पनि त्यही झ्यालनेर आफ्ना सपनाहरू बुन्दै, सम्झदै तथा टोलाएर बस्दछ। धेरै चञ्चलेलार्इ झ्याल प्रियहुन्छ। यो कुरा आफै सोच्नुहोला है। अहिलेलार्इ फेरी काठमाडौं तिर लाग्छु ल।

 काठमाडौं चिसोठाउँ हो। यदी झ्याल खोल्यो भने चिसो हावा कोठामा पक्कै छिर्छ। तर त्यो हावाछिर्ने झ्यालबाट घामको प्रकाश भने छिर्न पाउदैन। यहाँका घरहरू यसरी बनेका छन् की झ्याल राख्दा पछि गएर बन्दका बन्द नै हुन्छ, कारण छेउमै अर्को घर। यो ठाउँमा उच्च शिक्षालिने विद्यार्थी, जागीरे, लगायतका मानिसहरू बस्ने गर्छन्। कोहीकोहीले कोठामा गाजा लगेर, बनाएर खान्छन्। यसको सम्बन्ध घरबेटीसँग छ। यदी घरबेटीले गाजा खाने कुरा थाहा पायो भने, कोठा छाड्नुपर्ने स्थिती आउछ। तपार्इ सोच्नुहोला झ्यालको सम्बन्ध के? म भन्दै छु- गाजा खादा त्यसको गन्ध घरबेटीले थाहा नपाउन् भनेर झ्याललार्इ बन्द गरेर खायो भने घरबेटीले त्यो गन्ध थाहा पाउदैन, ढोका त सधै बन्द किनकी महिना नपुग्दै घरबेटी बाहाल खर्चमाग्न अर्इपुग्छ। काठमाडौंका कोठाहरू खाली गोदाम जस्ता छन्- झ्याल बिनाका। बिदेशी झ्यालको कुरा गर्दा उही नयाँ विशेष झ्याल। मलार्इ त्यती धेरै बिदेशी झ्यालको विषयमा थाहा छैन। किनकी मैले नेपाली झ्यालको कुरामात्र गर्न खोजेको हो, यदी मबाट धेरै कुराको अपेक्षा राख्नु हुन्छ भने मेरो केही दोष हुदैन।

 बसको झ्यालको कुरा गर्दा, जो कोही पनि छेउमा बस्न खोज्छ। अझ बमिट हुनेहरूलार्इ त झ्याल नजिक बस्नु नै पर्ने बाध्यता, बस्न नदिने हो भने, बस भित्रै बमीट गरीदिएर यात्रा नै दुर्गन्धीत पारीदिन्छन्। त्यसैले पनि त्यस्तालार्इ झ्यालमा बस्न दिनु पर्छ। अहिले त “मलार्इ बमीट हुन्छ” भन्दीयो भने झ्यालमा बस्न पार्इन्छ। केटाकेटीकालागि झ्यालमा बस्न अत्यन्तै मन पर्छ। म पनि सानोमा यात्रा गर्दा बसको झ्यालमा बस्न रूचाउथें। झ्यालबाट अनेकन नयाँ कुरा देख्न तथा जान्न मन लाग्थ्यो। यदी बसमा झ्याल हुन्थेन भने त कहाँ पुगीयो त्यो पनि थाहा हुने थिएन होला।

 अन्त्यमा, सुरूमा मैले भनेको थिए, “परिभाषा र्इन्जीनियरीङ्ग पढ्नेहरूका लागि मान्य छ, परिभाषालार्इ परको भाषा संझेर बिर्सिदिनुहोस्।” अव यो विर्सिनुहोस् की मैले यो भनेको थिए। किनकी यसको महत्त्व र्इन्जीनियर पढ्नेलार्इ मात्र नभर्इ सबैको चासोको विषय बन्न पुगेको छ। गत बर्ष आएको भुकम्पले धेरै घरहरू भत्कीए, चर्कीए। घरहरू भत्कीनु वा चर्कीनुमा झ्याल तथा ढोकाको धेरै महत्त्वपूर्ण भूमीका रहन्छ। अध्यनले यो देखाएको छ की, घरका झ्यालढोकाका कुनाबाट घर चर्कीएर घर भत्कीएका छन्। यसरी झ्याल तथा ढोकाबाट चर्कीनु भनेको मैले माथी परिभाषामा भने अनुसार झ्यालढोका नबनार्इनु हो। फेरी सोच्नुहोला “मैले झ्याल कसरी बनाउने भनेर कतीबेला संझाए” भनेर! पढेपछि बिर्सिदिनुहोस् भनेपछी बिर्सिदिनुहुन्छ भने मेरो दोष केही हुदैन। एकचोटी सम्झीनुस् वा माथी स्क्रोल गरेर परिभाषा हेर्नुहोस्, सिल र लिन्टेल (Sill and Lintel) को विचमा बनेको सुपर स्ट्रक्चर (Super Structure) भनेको थिए, सिल भनेको झ्याल बन्नु पूर्व झ्यालभन्दा तल झ्यालको चौडार्इ भन्दा लामो काठ वा फलामको सरिया सहितको सिमेन्टले झ्याललार्इ आधार दिन बनार्इएको स्ट्रक्चर हो, भने लिन्टेल पनि ठीक त्यसैगरी झ्यालभन्दा माथी बनार्इएको हुन्छ। यी बनाउनु जरूरीहुन्छ ता की झ्यालढोकाको कुनाबाट चर्कीन नपाओस्।

 अब पालो तपार्इको, यो निबन्ध पढीसके पछी झ्याललार्इ परिभाषीत गर्ने। तपार्इ झ्याललार्इ कसरी परिभाषीत गर्नुहुन्छ?

#KP_Aryal
@Pravinaryal20
प्रविण अर्याल
कावासोती-८, नवलपरासी (हाल काठमाडाैं)

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.