~भिम बहादुर थापा~
दिउँसै राती गर्दै भाँती, बोलेरै याँ खायौ जेठा
भित्र के थ्यो बाहिर जे थ्यो, खोलेरै याँ खायौ जेठा
**
गुलियो गाँस्दै झुठो बाँड्ने, बर्षौं भयो देख्दै आ’को
संग्राम बेरी रंग फेरी, टोलेरै याँ खायौ जेठा
**
तिम्रै हातमा निजी कानून, कस्ले बोल्ने निमुखाको
कोही उसको कोही मेरो, घोलेरै याँ खायौ जेठा
**
विकल्प मा बढ्ला खोई को, सहनु नैं नियति भो
मेरो आशा उनको रहर, पोलेरै याँ खायौ जेठा
** **
भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)