~निर्मोही व्यास~
उक्लिइन् नभमा धर्ती, धर्तीमा नभ ओर्लियो,
यी दुईमाझको मानौं आज अन्तर मेटियो
अथवा बिपनामै म कि पुगें स्वप्नलोकमा
या कुनै पुण्यले ज्यूँदै म पुगेँ स्वर्गलोकमा
०
अहा ! प्रकृतिको कस्तो यो अपूर्व टुनामुना !
सत्तेसत्ते ! हराएँ म स्वर्गीय अनुभूतिमा
आजका चन्द्रमा हेर्दा आँखा तिरिमिरी भए !
कस्तो हुन्थ्यो सधैं राति यस्तै झिलिमिली भए !
०००
मिति २०७३ कात्तिक २९ गते राति अघिपछिको भन्दा १४ प्रतिशत ठूलो र ३० प्रतिशत बढी चहकिलो (६९ वर्षपछि देखिने) अतिसुन्दर महाचन्द्र “सुपर मुन” को दिव्य सौन्दर्य–दर्शनको अपूर्व र अनिर्वचनीय अनुभूतिकोे अभिव्यक्ति
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)