~धनराज गिरी~
के भो के भो हिजोसम्म जिल्ल परे मान्छे
छैन गीत छैन साज जिल्ल परे मान्छे
बन्छौ हामी ढुकुरझैं कैले परेवाझैं
उतिखेरै बन्छौ बाज जिल्ल परे मान्छे
झुक्किएर आइएछ शब्द सन्सारमा
अचम्मको हाम्रो काज जिल्ल परे मान्छे
गरिएन कुनै काम ढङ्ग पुर्याएर
हामीले नै पायौं ताज जिल्ल परे मान्छे
धरोधर्म सरमले भएँ पानी पानी
साँच्चै साथी लाग्यो लाज जिल्ल परे मान्छे
पत्रिकामा अपशब्द लेख्नुहुँदैनथ्यो
भएँ आफ्नै धोखेबाज जिल्ल परे मान्छे
पद पैसा वैभवले चढायो कि भात
मात्तिएका ‘धनराज’ जिल्ल परे मान्छे
– शहीद स्मृति क्याम्पस टाँडी।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)