~शंकर राजेन्द्र~
चिठी तिमीलाई लेखूँ भन्छु
मनको कुरा मनमै रह्यो
सम्झनाले सताई रह्यो
यो आँखाले हेरी रह्यो
मनको कथा लेखूँ भने अधुरो नै रहन्छ कि
यो आँखाले टोलाई रहे बादल आई छेकिन्छ कि
कुन शब्दले लेखूँ त्यस्तो नबिझाउने काँढा जस्तो
चन्द्रमा झैँ मुस्कान तिम्रो
फूल टिपी दिऊँ भने सिरमा नलाई ओइलिन्छ कि
माया भनि बोलाऊँ भने गाली कतै पाइन्छ कि
मनमा के छ कुरा तिम्रो
बोलाऊँ भने छैन साइनो
मनको कुरा मनमै रह्यो
संगीत र स्वर – शम्भु राई
शब्द : शंकर राजेन्द्र
