गीत : म त भाग्दिन

~नरदेन रुम्वा~Norden Rumba_1

केटा – म त भाग्दिन अब कहीँ मेरी मायालु
जब मनले मलाई बाँधी सक्यौ ।

केटी – म त मान्दिन तिम्रो कुरा साँचो भनेर
सयौँ चोटी धाँटी सक्यौ

केटा – जुनेलीमा के छ
केटी – तिम्रो छायाँमा जे छ
केटा – झरनामा के छ
केटी – तिम्रो मायामा जे छ

केटा – जाइ-जुही तिम्रो आँखा तिम्रो ओठ चमेली
छेउ आउ छोपी दिन्छु कसमले परेली

केटी – म त मान्दिन तिम्रो कुरा साँचो भनेर
सयौँ चोटी मलाई ढाँटी सक्यौ

केटी – गोरेटोमा के छ
केटा – तिम्रो ओठमा जे छ
केटी – लहरामा के छ
केटा – यो उन्मादमा जे छ

केटी – तिम्रो माया मेरो लागि जीवन आधार हो
डर लाग्छ किन किन मोह हो कि प्यार हो

केटा – म त भाग्दिन अब कहीँ मेरी मायालु
जब मनले मलाई बाँधी सक्यौ

केटी – म त मान्दिन तिम्रो कुरा साँचो भनेर
सयौँचोटी मलाई ढाँटी सक्यौ

केटा-केटी – जब मनले मलाई ल ल ल ….

शब्द – नरदेन रुम्वा
स्वर – पेमा लामा, बिमला सिन्चुरी प्रधान
संगीत – शान्ती ठटाल
चलचित्र – बाँच्न चाहनेहरु, १९८२

(स्रोत : युट्युब विडियोबाट शाब्दीकरण साहित्य सङ्ग्रहालयले गरेको । )

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.