गजल : भारी छ अझै

~सुरज लम्साल~

गरीबको पिठ्यूँमा भारी छ अझै
वर्गसङ्घर्ष देशमा जारी छ अझै

लोकतन्त्र अनि गणतन्त्र आएपनि
घुसखोरीदेखि अत्याचारी छ अझै

जोत्नेले जोतेकै छ सदियौँ देखि नै
साहुकै नाममा नै खेतबारी छ अझै

सहरभरि ठूल्ठूला महलहरू बनेपनि
गल्लीगल्ली लाखौँ भिखारी छ अझै

उत्थानका कुराहरू जति धेरै उठेपनि
पुरूषभन्दा निकै पिडित नारी छ अझै

– सुरज लम्साल
किहुँ ६ तनहुँ

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.