~आनन्द अधिकारी~
काँडा त बिझ्यो बिझ्यो विष त नभर न
घाउ त लाग्यो लाग्यो नून त नछर न
माया त मर्यो मर्यो भो अब हल्ला नगर न
तिम्रो त जिन्दगीमा जता पनि बाटो
शिरमा बेली फुलिदेला चमेलीको साटो
दुनियाले देख्दा खेरि तिमी कति जाती
कसले देख्छ तीर चल्या यही छातीमाथि
पहाड त खस्यो खस्यो बाढी त नहुल न
निर्मोहीकै संसारै छ माया कहाँ छ र
ढुंगामाटो बिचको पनि छुट्यो क्यारे भर
दोषजति मलाई छाडी निर्दोषी बन्नू
दुनियाँको नजरभरि हाँसी हाँसी जिउनू
आँसु त झर्यो झर्यो मुटु त नचुड न
शब्द – आनन्द अधिकारी
स्वर – स्वरूपराज आचार्य
संगीत – आलोकश्री
एल्बम – स्वर