~बाबुराम पन्थी ‘गुल्मेली’~
कलकलाउदा फूलका विरूवा देखे पछी
एक अपरिचितले भने
तपाईको करेसा बारीको फूलको विरूवा
निकै राम्रो रहेछ
मेरो बारीमा सार्न मन लाग्यो
मैले सजकता अपनाउँदै
सुरक्षित तरीकाले उनको हातमा सुम्पिएँ
केही समयको अन्तराल पछी
उनी संग भेट भयो
मैले फूलको विरूवा कस्तो फूल्यो भनेर सोधें
जवाफ आयो
खै हजुर बचाउन सकिएन सुकेर गयो
मेरो मन कुँडियो
एउटा कलकलाउँदो फूलको विरूवाको अन्त्य
मेरो बगैचामा उसका साथीहरू
ढकमक्क फूलेर सुन्दरता छरिरहदा
उसले अर्कैको बगैचामा मर्नु परेछ
जसरी नेपाली चेलीहरू
विवाह पश्चात
घरेलु हिंसा बाट पिडीत भएर
मुक्त हुनको लागी
जिवन विसर्जनको बाटो रोजेका हुन्छन्
बाबुराम पन्थी ” गुल्मेली ”
तम्घास गुल्मी
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )