~बूँद राना~
गुराँसको रातो हराएछ
बोलाएको सातो हराएछ
मान्छे खोज्दा कतै भेटिँदैन
साइनो र नातो हराएछ
जति हिँडे पनि जङ्गलैमा
बटुवाले बाटो हराएछ
आकाशमा गिद्ध भन्किँदै छन्
अभागीले माटो हराएछ
फेरि बाल्नुपर्ने भयो आगो
अँगेनाले तातो हराएछ
इतिहास लेख्ने के गरी हो
पसिनाकै पातो हराएछ।