कविता : हूलिया हराइरहेछ

~उदय निरौला~

पातको नाद–कानपात नाप्दै–नाप्दै वेगले हानिरहेछ
हातको हात– दिनदहाडै– दिन तम्तम्याईलो पल्टिरहेछ
पेटीको वास भएर उठेको दम्को पेटीमै पल्टिरहेछ
माथि लक्ष्यको ताँदो नउठ्दै झ्वाट्ट चुँडिरहेछ ।

गन्तव्य अलमलिएको धमिलो दृश्य आरम्भतिर फर्किरहेछ
यात्राको अन्त्य किन आरम्भतिरै ? झरिरहेछ ?
प्रश्न काँचो छ । मौन छ । उत्तर गौण छ ।
भारदारी चस्माभित्र आँखा भदौको डिँगो बन्दै छ
झनै–झनै थाँक्रो बेगरको लहरो बाटो बिराउँदै छ ।

उ पर सन्नाटा बीचवाट अलमल गन्तव्य
लौरो बिर्सिरहेछ
घर त वुढो भएको छैन, तर लाग्छ
भँैचालो डो¥याइरहेछ
अस्तित्वको सखुवा ढल्नै–ढल्नै लागेर पो हो कि ?
किन धमिरा देवल उठाइरहेछ ?
दिउले च्याउको अस्तित्व श्रावणले पिइरहेछ ।
चढ्नै नसकिने शिखर वर्तमानमा
बाउन्ने किन बनिरहेछ ?
हेर्छु यो प्वालवाट त्यो प्वालवाट आगन्तुक र अपरिचित
समय यो माटोमा खचाखच भरिरहेछ
भ्रम हो की ? यथार्थ ?
छुटिँदैन हूलिया अलिकति पनि
छुटिँदैन हूलिया ।
हूलिया हराइरहेछ ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.