कविता : पुरा गर्न नसकेको मेरी हजुरआमाको रहर

~नोगेन हांग~

अझै गर्छु
अझै बाँच्छु संसार हर्छु भने पनि
यो मृत्यु भन्ने अन्तिम घडी
आए पछि त जानै पर्छ ।

तर यी बाँचुन्जेलका
अधकल्चो प्राप्तीहरु संग
दिक्कदारी को छताछुल्ल संबेगमा पनि
भ्रामक दुरबिनहरुले
कहिल्यै नभरिएको आशाका खड्कुँडो भित्र
सधैं चिहाईरहन मन लाग्छ
मान्छे हुनुको जर्जर बिडम्बना ।

तस्विरमा यहाँ
आँखानेर दुरबीन थामीरहँदा
छोरा भएर पनि
मैले पुरा गर्न नसकेको
मेरी हजुरआमाको
छकछके रेल चढ्ने सपना
र सररर हवाई जहाज उड्ने चाहाना झस्किन्छु
संझिदा जिउँदो यो आत्माले
माफी माग्न बाहेक अरु बिकल्प छैन म संग
उत्तिबेला म पनि त सानै थिएँ ।

यसपाली
समर भ्याकेशनको बेला
उतै तिर जाने निधो गरेका छौं पियारी संग
त्यत्तिखेर
खाँबो माथी दलिनमा सिउरेको
तिम्रो पुरानो
घंघरु को लौरो साथै लिई जानेछु
र तिम्रै नाक, तिम्रै आँखा बोकेकी
‘नानु’ लाई टेकाएर
डिजिटल क्यामेरामा कैद गरी
भित्तामा तिम्रै पुरानो तस्विर संगै टाँस्ने छु।

-नोगेन हांग
November 18, 2008

(स्रोत : माइ संसार डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.