लघुकथा : देश-द्रोहीहरू

~कात्यायन~dhanwantari-mishra-katyayan

– ऊनीहरूलाई देश टुक्राउने भाषण गर्न आउँदैन | खोला-नाला बेच्न जान्दैनन् | आन्दोलनको नाममा हिंसा पनि गर्दैनन् | चेली-बेटी ओसार-पसार गर्न पनि आउंदैन | तस्कर गर्दैनन् | अमूल्य जडिबूटी, प्राचिन मूर्तिहरू, कलाकृतिहरू पनि बेच्दैनन् |

– मित्र-राष्ट्रहरूलाई गालीगलौज पनि गर्दैनन् | समाजलाई टुक्राउन पनि खोज्दैनन् | धर्म परिवर्तन पनि गर्दैनन् | सुस्ता-कालापानी तथा लिपू-लेक आदिको समर्थन पनि गर्दैनन् |

– उनीहरू आ-आफ्नै रोजी-रोटीमा व्यस्त रहन्छन् | रमाउनछन् !

– खुसि बाँड्छन्, खुसि हुन्छन् ! हाँस्छन्, हँसाउंछन् !

– उनीहरूलाई थाहा थिएन नयाँ कानून बनेको, – हाँस्नु अपराध हो’ भन्ने | खुसि हुनु देश-द्रोह गर्नु हो’ भन्ने |

– उनीहरू देश-द्रोही हुन् |

चाबहिल, काठमाडौँ – ७ |

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.