लघुकथा : हर्कत

~श्रीराम राई~

` हैन , छाेड्नुस् मलाई । म अामाकाे लास भेट्न जाँदै छु। मलाई केही नगर्नस् ।बरु, यी सबै गहना झिकेर दिन्छु।´सुनयनाले अाग्रह बाेलिन् ।

सुनयना हस्याङफस्याङ गर्दै माइत जाँदै थिइन् । उनले अस्मिता रक्षार्थ अाग्रहकाे भाषा दाेहाेरयाए । यद्यपि, उनी अनजान व्यक्तिबाट लुटिइन् । बेहाेसमै उनी बाटाे लागिन् ।अाँगनमा अाफ्नाे अामाकाे लमतन्न परेकाे लास र अाफ्नाे बेहाल सम्झी उनी बेहाेसले डङ्ग्रङ्ङ पछारिइन्।

` साधना हाम्राे गाउँपालिकाका अभिभावक हुनुहुन्थ्यो । उहाँकाे गल्छीमा लास भेटिए । यसरी रहस्यमय हत्या भएकाेमा हामी मर्माहत छाैं । जतिसक्दाे छिटाे हत्यारा पत्ता लगाई कार्बाही प्रक्रिया बढाउने छाैँ ।´भेलामा स्थानीय नेता सुकिलर कड्किए।

पाेस्टमार्टमका लागि गाउँलेहरूले रमितेडाँडाकाे चाैतारी हुँदै अस्पतालतिर लास हिँडाए । अात्महत्या नभएकाले धेरैले सहानुभूति दर्साए,
– गर्नेभन्ने मान्छेले अधबैंसेमै जिन्दगीकाे बहीखाता बुझाएपछि के हाेला हाम्राे हालत ।
– राम्राकाे अायु पनि छाेटाे हुँदाे रै´छ।
-अाँखामा राख्दा पनि नबिझाउने मान्छेलाई काे शत्रु लागे हाेलान्।
लगत्तै महिना दिनपछि राष्ट्रव्यापी रूपमा स्थानीय चुनावकाे घाेषणा भयाे ।

`मन्त्रीज्यू ,हाम्राे अादर्श गाउँपालिकाबाट उम्मेदवारीका लागि जिल्लाबाट तीतीन जनाकाे नाउँ सिफारिस गरेर पठाइएकाे छ । स्थानीय चुनावकाे उम्मेदवारीमा हजुरले मेराे नाउँ दर्ता गराएर गुन लाइदिनु अनुराेध छ।´पिएर मातेकाे बेला सुकिलरले फाेन गरे।

२०७३/१०/३
देवीनगर, काठमाडौं ।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.